काठमाडौं । रसियामा हुने विश्वकप फुटबल आउन अब ८० दिन बाँकी छ । यससँगै यस पटकको विश्वकप फुटबल कसले जित्ला भन्ने भन्ने चर्चा र अनुमान पनि सुरु भएको छ ।
पछिल्लो विश्वकपमा फाइनलमा पुगेर जर्मनीसँग उपाधी गुमाउन पुगेको अर्जेन्टिनालाई विश्वकपको प्रमुख दाबेदारको रुपमा हेरिन थालिएको छ । विश्वकप छनौट चरणमा निकै संघर्ष गरेको अर्जेन्टिना लियोनेल मेसीले छनौट चरणको अन्तिम खेलमा ह्याट्रिक गर्दै अर्जेन्टिनालाई रसिया पुर्याएका थिए । मेसीको लगातार उत्कृष्ट फर्म र उनको दिनप्रतिदिन निखारिएको प्रदर्शनले अर्जेन्टिनालाई रसिया विश्वकपको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।
मेसीले अर्जेन्टिनाका लागि २००८ को ओलम्पिकमा गोल्ड मेडल जिताएका छन् भने अन्डर २० विश्वकपको उपाधि जिताएका छन् । त्यो बाहेक मसीले अर्जेन्टिनालाई कुनै उपाधि जिताउन सकेका छैनन् ।
तर विश्वकपमा मेसीको प्रदर्शनलाई हेर्दा पछिल्ला तीन विश्वकप मध्ये मसी २०१४ मा ब्राजिलमा भएको विश्वकपका गोल्डेन बल विजेता हुन् । फाइनलमा निकै प्रतिश्पर्धात्मक खेलमा अर्जेन्टिना पराजित भएपनि मेसीलाई प्रतियोगिता कै उत्कृष्ट खेलाडीको उपाधी दिइएको थियो ।
जर्मनी २००६ विश्वकप :
ट्वीटर युग र कुनै भाइरल हुने भिडियोको युग भन्दा अगाडी जर्मनीमा भएको २००६ को विश्वकपमा मेसीले पहिलो पटक भाग लिएका थिए । १८ बर्षिय मेसीलाई सो विश्वकपमा म्यानेजर जोसे पेकरम्यानले वाइल्ड कार्डको रुपमा मेसीलाई टिममा लिएका थिए ।
यस विश्वकपको अर्जेन्टिनाको पहिलो खेलमा आइभेरी कोस्टसँग मेसी बेन्चमै बस्नु पर्यो, सो खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो । सर्बिया एण्ड मन्टेनेग्रोसँगको दोस्रो खेलमा खेलको ७४औ मिनेटमा मैदानमा प्रवेश गरेका मेसीले हेर्नान क्रेस्पोलाई गोल असिस्ट गरेका थिए । सो खेल अर्जेन्टिनाले ६-० ले जितेको थियो । त्यसपछि समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध मेसीलाई सुरु देखि नै खेलाइयो । सो खेल बिना कुनै गोल बराबरीमा सकियो र अर्जेन्टिना दोस्रो चरणमा प्रवेश गर्यो ।
अन्तिम १६ मा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्यो । सो खेल अतिरिक्त समयमा अर्जेन्टिनाले २-१ ले जित्यो र विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्यो । क्वाटरफाइनलमा अर्जेन्टिनाले जर्मनीको सामना गर्नु पर्यो । निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बात भयो । मेसीलाई पेनाल्टी हान्न बन्चित गरिएको सो खेलमा अर्जेन्टिना जर्मनीसँग ४-२ ले पराजित भयो र घर फर्कियो । यसरी डेभ्यु विश्वकप मेसीका लागि क्वाटरफाइनलमा आएर अन्त्य भयो ।
दक्षिण अफ्रीका २०१० विश्वकप :
२०१० मा विश्वकप खेल्न दक्षिण अफ्रीका पुग्दा मेसी विश्वको उत्कृष्ट फुटबलरको रुपमा स्थापित भएका थिए । २३ बर्षका मेसी पहिलो पल्ट एउटा स्टार खेलाडीको रुपमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै थिए । चर्चित फुटबल म्यारोडोना म्यानेजर रहेको अर्जेन्टिनी टिमले दक्षिण अफ्रीका पुग्नु अघि २००८ मा ओलम्पिकको गोल्ड मेडल पनि जितेको थियो जसको नेतृत्व मेसीले गरेका थिए ।
यस विश्वकपको पहिलो खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्यो । मेसीले गरेका लागातर प्रयास असफल हुदा गाब्रियल हाईन्जले गरेको एक मात्र गोलले अर्जेन्टिना विजयी भयो । दोस्रो खेलमा अर्जेन्टिना दक्षिण कोरियासँग ४-१ ले विजयी भयो जसमा गोन्जालो हुगैनले आफ्नो पहिलो विश्वकप ह्याट्रिक गरेका थिए । त्यस्तै तेस्रो खेलमा अर्जेन्टिनाले ग्रिसलाई २-० ले पराजित गर्यो र अन्तिम १६ मा पुग्यो ।
अन्तिम १६ मा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्यो, जसमा मेसी प्ले मेकरको भुमिकामा देखिए । उनको असिस्टले टेभेजले गोल गरे भने खेल अर्जेन्टिनाले ३-१ ले जित्यो र क्वाटरफाइनलमा पुग्यो । क्वाटरफाइनलमा अर्जेन्टिनाले जर्मनीको सामना गर्नुपर्यो । सो खेलमा अर्जेन्टिना जर्मनीसँग ४-० ले पराजित भयो र लगातार दोस्रो पटक क्वाटरफाइनलबाटै बाहिरियो ।
ब्राजिल २०१४ विश्वकप :
छिमेकी देश ब्राजिलमा भएको यस विश्वकप मेसी र अर्जेन्टिनाका लागि विशेष थियो । विश्वको उत्कृष्ट फुटबलर मेसी विश्वकपमा अझै पनि गोलको खोजीमा थिए ।
यस अघिका दुई विश्वकपमा गोल गर्न नसकेका मेसीले बोस्निया हर्जगोबिना विरुद्धको पहिलो समुह चरणको खेलको ६५औ मिनेटमा गोल गरे र अर्जेन्टिनालाई २-१ ले जित दिलाए । यो नै मेसीको विश्वकपमा पहिलो गोल थियो । समुह चरणको दोस्रो खेलमा इरानविरुद्ध मेसीले इन्जुरी समयमा गोल गर्दै १-० को महत्पूर्ण जित दिलाए भने समुह चरणको तेस्रो खेलमा नाइजेरियाविरुद्ध ३-२ गोलको जितमा मेसीले २ गोल गरेका थिए ।
अन्तिम १६ को खेलमा स्विटजरल्याण्डसँग अतिरिक्त समयमा एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गर्दै क्वाटरफाइनलमा आफ्नो ठाउ सुरक्षित गर्यो । त्यस्तै क्वाटरफाइनलमा बेल्जियमसँगको खेलमा अर्जेन्टिनाका लागि गोन्जालो हुगैनले खेलको एक मात्र गोल गरे र अर्जेन्टिनालाई विश्वकपको सेमिफाइनलमा पुर्याए । यस अघि लगातार दुई खेलमा क्वाटरफाइनलमा बाहिरिएको अर्जेन्टिनाले तेस्रो पटकको प्रयासमा विश्वकपको सेमिफाइनलको यात्रा तय गर्यो यो मेसीको विश्वकपमा पहिलो सेमिफाइनल थियो ।
सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डको सामना गर्यो । १२० मिनेटसम्म चलेको अत्यन्त प्रतिष्पर्धात्मक खेलमा दुवै टिमबाट गोल हुन् सकेन र खेल पेनाल्टी सुटआउटबाट निर्णय भयो जसमा नेदरल्याण्डका रोन भलार र वेस्ले स्नेजडरले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४-२ ले विजयी हुदै विश्वकपको फाइनलमा पुग्यो ।
फाइनलमा अर्जेन्टिनाले जर्मनीको सामना गर्यो तर ९० मिनेटमा कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा जर्मनीका मारियो गोमेजले गोल गरे र विश्वकप फाइनलमा अर्जेन्टिनालाई पराजित गरे ।
यस विश्वकपमा ४ गोल गरेका मेसीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बुट जितेका थिए ।
क्लब फुटबलमा ५५३ गोल गरेका मेसीले अझै पनि विश्वकपको नक आउट स्टेजमा गोल गर्न सकेका छैनन् । दक्षिण अमेरिकी विश्वकप क्वालिफायरमा ७ गोल गरेका मेसीले अन्तिम छनौट खेलमा इक्वेडरविरुद्ध ह्याट्रिक गरेका थिए ।
यसरी मेसीको अहिलेसम्मका तिन विश्वकपको यात्रा क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म आएर ब्रेक लागेको छ । मेसीको अहिले देखिएको प्रदर्शन, यस सिजनमा बार्सिलोनामा देखाएको परिपक्क खेल, आफै गोल गर्ने भन्दा टिमलाई जिताउने मेसीको रणनितिलाई विश्लेष्ण गर्दा अर्जेन्टिना रसिया विश्वकपको प्रमुख दाबेदार देखिएको छ ।