पि्र.या समाजशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित गृहिणी हुन् । उनको विवाह एस.एल.सी. पछि तुरुन्त भएको थियो । पि्रयाको जागिर खाने ठूलो धोको छ तर भाग्यले साथ दिइरहेको छैन । एक रुपैयाँ चाहिए पनि अर्काकै भर पर्नुपर्ने, भनाइ
खानुपर्ने, मगन्तेले झंै हात पसार्नुपर्ने यथार्थता सम्झेर उसलाई अत्मग्लानि हुन्छ । आफूले कमाउन नसकेकोमा ।
पि्रया विगतलाई सम्भिmन्छिन्-सुदूरपूर्वको विकट गाउँमै पढेकी भए पनि प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेकी थिइन् । उतिबेला उनले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु अहिले जस्तो चानचुने कुरा थिएन । बिनापूर्वाधार सहरबाट खोजेर पुर्याइएका एस.एल.सी. र आई.ए. सम्म पढेका शिक्षकका भरमा पढ्नुपथ्र्यो । पूरै जिल्लाबाट दुई-चार जना विद्यार्थी मात्र प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे । अझ केटीले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु त ऐतिहासिक नै हुन्थ्यो । आÏनो जिल्लामा मात्र नभई छिमेकी जिल्लासम्म पि्रयाको नाम चलेको थियो । रिजल्टपछि गाउँले तथा माइतीपक्षका मानिसहरूको भनसुन र दबाबका कारण उनका सासू-ससुराले छोरासँगै काठमाडौं गएर पढ्ने अनुमति दिएका थिए । ठूलो उत्साह, उमङ्ग र फुर्तीसाथ पढ्न भनेर उनी काठमाडौं आएकी थिइन्-श्रीमान्, नन्द, आमाजू र देवरका साथ ।
चार्टर एकाउन्टेन्ट बन्ने सपना थियो-उनको । त्यसैले कमर्स कलेजमा भर्ना भइन् । काठमाडौंमा कोठाको बसाइ, ठूलो परिवार, बुहारीको जिन्दगी त्यसमाथि चार्टर एकाउन्टेन्ट बन्ने धोको । विवाहअघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाहपछि भोगेको वास्तविक जिन्दगीबीच आकाश-जमिनको फरक पाइन् उनले । अपरिपक्व स्वभाव, केटाकेटीपन, सधै आर्थिक समस्या अनि पारिवारिक दायित्व र कतव्र्यको पालना गर्दागर्दै उनले देखेको, कल्पिएको स्वणिर्म संसार एकपछि अर्को गर्दै भत्कदै गयो, चकनाचुर हुँदै गयो । तैपनि पि्रयाले पढ्न छाडिनन् र आई.कम. प्रथम श्रेणीमा उत्तीर्ण भइन् । बी.कम. भर्ना हुँदासम्म उनी छोरीकी आमा बनिसकेकी थिइन् । परिवार ठूलो भए पनि सबै पढ्ने भएकाले उनलाई कलेज जान पालो दिने कोही भएनन् । बरू छोरी जन्मिएपछि उनी पक्का गृहिणी भइन् । यसरी पि्रयाको सपना एकएक गर्दै टुक्रदै गयो सिसाको टुक्राझै कहिल्यै नजोडिने गरी ।
बी.कम. भर्ना भएपछि पि्रया एकदिन पनि कलेज जान पाइनन् । बी.कम. एकाउन्ट ट्युसन पढ्न जाँदाको एउटा घटना सधै सम्झन्छिन्-उनी-ट्युसन जाँदा छोरी बोकेरै जान्थिन् । बेलाबेला छोरी रुन्थी, ठ्यासठुस गर्थी । त्यो देखेर ट्युसन पढ्ने अरू साथीहरू खासखुस कुरा काट्थे, हाँस्थे । एकदिन विदुषीले भनिन्-दिदी तपाईंले गर्दा हामीलाई डिस्टर्व भयो । छोरी लिएर नआउनुहोला । छोरीको रुवाइले हाम्रो पढाइ बिगि्रयो । प्लिज हामीलाई शान्तिसँग पढ्न दिनुहोस् । छोरी भैसकेको मान्छेले किन यत्रो दुःख गर्नुहुन्छ ? छोरी हेरेर घरमै बसे भैहाल्यो नि । आखिर पास गर्न सक्नुहुन्न । लौ ! पासै हुनुभएछ रे । त्यसपछि के नै गर्नुहुन्छ ? उनको प्रश्नको उत्तर दिन चाहन्थिन् पि्रया तर वाक्य फुटेन । बरु त्यो कटु बचनले पि्रयाको मुटु घोच्यो, गहभरि आँसु भरिए । त्यति सजिलै आँसु झार्ने कायर र हुतिहारा त थिइनन्-उनी । कुनै समय आँसु झार्नेहरूलाई हिम्मतिला कुरा गरेर सम्झाउँथिन् । पिन्चे हुनुहुँदैन, दुःखलाई पचाएर हाँस्न सिक्नुपर्छ भनेर ढाडस दिन्थिन् । हिम्मत गरे जे सोच्यो त्यही पुग्छ जस्तो लाग्थ्यो उनलाई । त्यही दिन बोध भयो-आँसु विकल्प नभएपछिको सहारा रहेछ ।
अरूलाई सम्झाउनु र आफै भोग्नुमा कति अन्तर हुँदोरहेछ ? जिन्दगीमा केही गर्न चाहन्थिन् तर सहयोग र वातावरण शून्य थिइन् उनी । श्रीमान्लाई समस्या बताए तिमीलाई दुःख भए पढाइ छाडिदेऊ । तर उनी पढाइ छाड्न सक्दैनथिन् न त निस्पिmक्री अघि बढाउन नै । उनीसँग सधै छोरी र पुस्तक साथसाथै हुन्थे । त्यो देखेर सबै हाँस्थे, गिज्याउँथे । भात पकाउँदा, भाँडा माझ्दा, किनमेल गर्न जाँदा समेत आफूले बनाएको नोट रट्थिन् । यत्रो मेहनत गर्दा पनि पि्रयाले डिप्लोमा राम्रो डिभिजनमा उत्तीर्ण गर्न सकिनन् । त्यसपछि त चार्टर एकाउन्टेन्ट बन्ने सपना त्यहीँ तुहियो । अब छोरीकै लागि पि्रयाको पढाइ रोकियो । सबैलाई शान्ति मिल्यो । किनभने अब घरमा विश्वासिलो, भरपर्दो र बेतलवी नोकर उपलब्ध भइन् ।
यसबीच अर्की छोरी पनि जन्मिइन्-श्रीमान्, सासू-ससुरा र समाजको इच्छा विपरीत । सबैको चाहना थियो पि्रयाले छोरा जन्माइदियोस् । सासू-ससुराले छोरा नै होस् भनेर भाकलसमेत गरेका थिए तर पि्रया गर्न नै के सक्थिन् र ?
थप छोरी जन्मिएपछि पि्रयाका दिन अझ कठिन बन्दै गए । त्यसपछि पाँच वर्षजति घरमै थन्किइन् । उनको लेख्ने-पढ्ने बानी छुट्यो । जब छोरी स्कुल जान सक्ने भए फेरि पि्रयालाईर् पढ्ने भूतले गाँज्न थाल्यो । यद्यपि एम.बी.ए. गर्ने हिम्मत आएन । त्यसैले समाजशास्त्रमा भर्ना भइन् । अब उनका सामु त्यत्रो ठूलो उद्देश्य पनि थिएन ।
पारिवारिक बोझ दिनहुँ बढ्दै गएको थियो । बूढा हुँदै गएका सासू-ससुरा यतै थपिएका थिए । जसोतसो पास गर्नु पनि ठूलो कुरा भैसकेको थियो । तैपनि मास्टर्स रामै्र डिभिजनमा उत्तीर्ण गरिन् । पढ्न थालेपछि सबैले भन्थे- तिम्रो पढाइ राम्रो छ, ठूलै जागिर हात लाग्छ । उनलाई आशा पनि थियो । पढाइ सकिएपछि सँगैका साथी एनजीओ, आइएनजीओतिर जागिरे भए । ती संस्थाहरूमा जागिर पाउन दुर्गम जिल्लातिर जानुपर्ने रहेछ तर पि्रयालाई घर छाडेर टाढा जाने अनुमति थिएन । छोरीहरू सानै थिए । घरकलह गरेर जागिरका लागि टाढा गए बच्चाको पढाइ मात्र नभई पारिवारिक सम्बन्ध नै बिगि्रएला भन्ने चिन्ता थियो । त्यसैले परिस्थितिसँग सम्झौता गरिन्-उनले । मनलाई थुमथुम्याइन् । घरपायक जागिर कसो नपाइएला ? मनलाई ढाडस दिइन् ।
त्यसपछिको समय घरपायक जागिर खोज्नैमा बित्यो । पत्रिकामा दिइएका ‘वान्टेड’ कुनै बाँकी रहेनन् । फारम भर्ने र पैसा सिध्याउनेबाहेक उपलब्धि शून्य रह्यो । जागिर खोज्ने सिलसिलामा उनलाई थाहा भयो चाकडी, चाप्लुसी र आफ्नो मान्छेको भूमिका कति हुँदो रहेछ । आÏनो विषय मिल्ने कलेज र प्लस टुतिर पढाउने प्रयास पनि गरिन् तर त्यहाँ त अझ ठूलो सञ्जाल रहेछ भेउ नै पाउन नसकिने । यसरी पि्रयाको जागिर खाने सपना पनि तुहिँदै गयो दिन प्रतिदिन । विशेष त पि्रयाले जागिर नखाइदियोस् भन्ने उनका श्रीमान्को चाहना थियो । त्यसैले पि्रयालाई जागिर खोज्न कहिल्यै सहयोग गरेनन् उनले । बरु यही जागिरको विषयलाई लिएर धेरै पल्ट झगडा भयो, पिटापिट भयो । पि्रयाका श्रीमान्को भनाइ थियो-कमाउने, श्रीमतीलाई पाल्ने काम श्रीमान्को हो । जो मैले सुखसाथ पालेकै छु । श्रीमतीले कमाएको दुई-चार पैसाले के नै हुन्छ र ? उनैलाई पाकेट खर्च पुग्दैन । श्रीमतीले जागिर खाए बालबच्चा, आÏनो र आमाबुवाको स्याहार कसले गर्ने ? जागिर खाने आइमाईले घरको हेरचाहमा त्यति ध्यान दिँदैनन् बरु बिग्रन सक्छन् । यसरी पि्रया र उनका श्रीमान्को विपरीत सोचले गर्दा उनीहरूको सम्बन्ध केवल औपचारिकतामा मात्र सीमित हुँदै गयो । धेरै पल्ट सम्बन्धविच्छेदका कुरा पनि आए जो पि्रयाले कहिल्यै चाहिनन् । उनलाई थाहा थियो सम्बन्धविच्छेद गर्नुको अर्थ छोरीको भविष्य अन्धकार बनाउनु हो । छोरीका चम्किला अनुहारमा विपत्तिको तुफान सिर्जना गर्नु हो । जिन्दगी बर्बाद पारिदिनु हो ।
समाजको नजरमा पि्रयाका श्रीमान् एक आदर्श महिलावादी पुरुष । कहिलेकाहीँ साथीभाइमाझ फुइँहाँक्छ-मेरी श्रीमतीलाई यति पढाएको छु, उति पढाएको छु । शिक्षित महिला परिवार र राष्ट्रका सम्पत्ति हुन् । पुरुष शिक्षित भए केवल ऊ मात्र शिक्षित हुन्छ तर महिला शिक्षित भए त्यो परिवार नै शिक्षित हुन्छ आदि..आदि भनेर । सबैले भन्छन्- पि्रया तिमी त भाग्यमानी छौ जसलाई विवाहपछि पनि श्रीमान्ले यति धेरै पढाएका छन् । उनी यो ढोंगी समाजको अगाडि यथार्थ बक्न नसके पनि मनमनै प्रश्न गर्छिन्- यति आदर्शवादी ठहरिएका आÏना श्रीमान् त यस्ता छन् भने अरू पुरुष कस्ता होलान् ? जो हाँस्नै बिर्सिएका महिलाहरू छन् उनीहरूको जीवन कस्तो होला ? यो ढोंगी समाजलाई देखाउनकै लागि श्रीमान्को साथ -मेरैजस्तो) नक्कली मुस्कान छाड्ने महिलाहरूले के-कस्ता विपत्ति झेलिरहेका होलान् ? मन अस्थिर र अशान्त हुन्छ ।
साँच्चै पि्रयाले अवसर पाएकी भए चार्टर एकाउन्टेन्ट बन्नसक्थिन् । श्रीमान् भन्दा कता हो कता प्रतिभाशाली थिइन्-पि्रया । त्यस्ती प्रतिभाशाली पि्रया आज निरीह र हुतिहारा बनेकी छिन् परिबन्दले । आफूले दुःख गरेर पढेकोमा खुसी भन्दा विस्मात बढी छ पि्रयालाई । यही पढाइले गर्दा रातमा श्रीमान्को पिटाइ खाए पनि दिनमा हाँसेको बहाना गर्नुपरेको छ । यदि नपढेकी भए श्रीमान्ले यसो गर्यो, उसो गर्यो भन्दै हिँड्न पनि मिल्थ्यो । ठुस्किएर दुई-चार दिन माइतै गए पनि सुहाउँथ्यो होला । दिनभर टेलिभिजन हेरेर बसे पनि मन भतभत पोल्दैनथ्यो । श्रीमान्को खल्ती काटेर दुई-चार पैसा जोहो गरी लिपिस्टिक, पाउडर अनि गहनागुरिया जोरजाम गरे पनि आत्मग्लानि हुने थिएन । त्यसो गर्न शिक्षित मान्छेको विवेकले दिँदैन किनभने उनी पढेलेखेकी शिक्षित मान्छे । त्यसैले आÏनो कर्तव्य उनले राम्रोसँग थाहा पाउनुपर्छ । मर्यादाको पालना एवं विवेकको सदुपयोग गर्नुपर्छ । श्रीमान्सँग झगडा पर्नु, ठुस्किनु र बोलचालै बन्द हुनुको हिसाब-किताब निकाल्नुपर्छ ।
एकदिन ठुस्किनुको अर्थ-लोग्नेस्वास्नीबीच सरसल्लाह नहुनु हो । काम असरल्ल बन्नु हो, घरको चुल्हो नबल्नु हो । कलिला छोराछोरी, बूढा बाआमाको पेटमा चारो नपर्नु हो । छोराछोरीको स्वास्थ्य र अध्ययनमा बाधा पुग्नु हो अर्थात् समग्रमा भन्नुपर्दा आÏनो घरसंसार अलिकति भए पनि पछाडि धकेलिनु हो । त्यसैले दुवै आगो भए के बेर घरबार जलेर खरानी हुन । यस्तै जिन्दगीको जोड-घटाउले पि्रयालाई पानी भएर बाँच्न बाध्य तुल्याएको छ । पढेलेखेकी स्वास्नी अर्थात् शिक्षित गृहिणी भएर बस्न कर लागेको छ । (नारीबाट)