काठमाडौँ : प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ ।
तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।
गाई प्रकरणबारे सामाजिक संजालमा विभिन्न खाले टिकाटिप्पणी आइरहदा उपसभामुख तामाङ्ग ले आफुले गाई काट्नु पर्छ भनेर नभनेको भनि भनि सकेको छ । तर पनि सामाजिक संजालमा विभिन्न खाले टिका टिप्पणी आइरहेको देख्न सकिन्छ ।
भर्खरै हिटलर विजय नामक फेसबुकबाट लाइभ गरि एक जना नेपालीले उपसभामुख राधिका तामाङ्गको टाउको काटेर ल्याउने लाई रु एक लाख पुरस्कार सहित गाजा बाजाले स्वागत गर्ने बताए । उक्त भिडियोमा उपसभामुख राधिका को टाउको को मूल्य एक लाख तोकिएको छ ।
(सिम्पल अनलाइनबाट साभार)