वयस्क अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई ‘ट्रम्पबारे नबोल्न धम्की’



अमेरिकी वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सले उनलाई सन् २००६मा डोनल्ड ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुपचाप रहन भनिएको बताएकी छिन्।

वास्तविक नाम स्टेफेनी क्लिफोर्ड रहेको ती अभिनेत्री नायिकाले अमेरिकी टेलिभिजन सीबीएस न्यूजलाई बताएअनुसार सन् २०११मा लास भेगसको एक कार पार्किङ क्षेत्रमा एक पुरूषले ट्रम्पसँगको सम्बन्धबारे चुप रहन भनेका थिए।

उनका अनुसार ती पुरूषले ‘ट्रम्पलाई एक्लै छोडिदिनु’ भन्दै उनको छोरी भएतिर हेर्दै भनेका थिए, ‘यिनकी आमालाई केही भइहाल्यो भने त्यो लाजमर्दो हुनेछ।’

तर ट्रम्पले ती अभिनेत्रीसँग कुनै सम्बन्ध भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।

ट्रम्पका वकीलहरूले चाहिँ ती अभिनेत्रीले सन् २०१६को राष्ट्रपतीय चुनावअघि भएको सबै कुरा गोप्य राख्नेबारेको एक सहमति भङ्ग गरेबापत ड्यानियल्सले २ करोड डलर तिर्नुपर्ने माग गरिरहेका छन्। (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्