काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्याण्डले पोर्चुगललाई पराजित गरेको छ ।
गएराती भएको खेलमा नेदरल्याण्डले पोर्चुगललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नेदरल्याण्डको जितमा मेम्फिस डिपे, रायन बाबेल र भिर्गिल भान डिजिकले गोल गरेका थिए ।
डिपेले खेलको ११औ मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औ मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्डको अग्रता दोब्बर गरेका थिए ।
पहिलो हाफमा २-० को अग्रता लिएको नेदरल्याण्डले दोस्रो हाफको ४७औ मिनेटमा डिजिकको गोलबाट आफ्नो अग्रता ३-० बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल नेदरल्याण्डले ३-० ले जित्यो ।
खेलको ६१औ मिनेटमा पोर्चुगलका जाओ कन्सेलोले रातो कार्ड पाएर मैदान छोडेपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यस सिजनमा पहिलो पल्ट गोल पोस्टमा कुनै बल हान्न अफसल भएका छन् । यस खेलमा रोनाल्डोले सिंगल बल पनि पोस्टमा हान्न सकेका थिएनन् । यस खेलमा रोनाल्डो आफ्नो क्लब र देशका लागि यस सिजनकै खराब खेल खेलेका छन् ।
क्लब र देशका लागि पछिल्लो ९ खेलमा १९ गोल गरेका रोनाल्डो २०१८ मा खेलेका सबै खेलमा गोल गरेका थिए ।
नेदरल्याण्ड आगामी रसियामा सुरु हुने विश्वकपमा सन १९८४ पछि पहिलो पल्ट बाहिर रहेको छ ।
यसअघि गत साता पोर्चुगलले इजिप्टमाथि जित हासिल गरेको थियो भने इङल्याण्डसँग हार बेहोरेको नेदरल्याण्डले पोर्चुगललाई हराएको हो ।