भ्रामक समाचार लेख्नेलाई दश बर्ष जेल सजायको प्रस्ताव



क्वालालम्पुर, १३ चैत

मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताउनु भयो ।

प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ ।

भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्याधिक हुने भएकाले निर्वाचन अगाडी नै त्यसलाई लागु गर्न सरकारले तयारी गरेको हो ।

विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्था गर्न लागिएकोमा विरोध जनाएका छन् ।  विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाउनुभयो ।

प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्