काठमाडौँ, १३ चैत
हाम्रो शरीरलाई स्वास्थ्य राख्नका लागि हामीले खानपानमा ध्यान पुर्याउन आवश्यक छ। त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ। कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ। आज हामी तपाइलाई खालीपेटमा खान नहुने चिजका बारेमा जानकारी दिन्छौँ ।
खाली पेटमा खान नहुने खानेकुराहरु :
सोडाः सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ।
गोलभेँडाः गोलभेँडामा पनि अम्ल हुन्छ । यदि खाली पेटमा गोलभेँडा खानुभयो भने त्यसले पेटमा पुगेर प्रतिक्रिया गर्दछ र अघुलनशील लेदोको निर्माण गर्छ। यसले पेटमा पत्थरीको जोखिम हुन्छ ।
औषधीः केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ। डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ।
अल्कोहलः खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ। खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ।
कफीः खाली पेटमा कफी पिउनु निकै हानिकारक हुन्छ। कफिमा हुने क्याफाइन तत्वले खाली पेटमा असर पूराउन सक्छ। त्यसैले पेट खाली भएको बेलामा कफि नपिउनुहोस्, बरु एक कप पानी पिएर भएपनि कफी लिनुहोस्।
चियाः चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ। त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन। यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ।
दहीः दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन। तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन।
केराः खाली पेटमा केरा खानाले सरीरमा म्याग्नेसियमको मात्रा निकै बढ्न जान्छ जसका कारण सरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ। त्यसैले विहान खाली पेटमा केरा खानु हुँदैन।
सखरखण्डः यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ। त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्ट्रिक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ।