मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा



वासिङ्टन, १३ चैत

अमेरिकी उपविदेशमन्त्री जोन सुलिभ्यानले सोमबार मलेसिया र इन्डोनेसियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

मलेसियाका विदेश मन्त्री अनीफाह अमान र इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदी  जोनसँग उहाँले सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नावेर्तकाअनुसार सुलिभ्यान र अमानबीच अमेरिका र मलेसियाबीचको साझेदारी र कुटनैतिक क्षेत्रका साथै आर्थिक र सुरक्षा व्यवस्थाबारे वार्ता भएको थियो ।

त्यसैगरी मर्सुदी र सुलिभ्यानबीच भएको भेटवार्तामा पनि दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र विस्तार गर्ने तथा अन्य अन्तरराष्ट्रिय मुद्दामा समेत वार्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्