राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य



काठमाडौं : मंगलबार राष्ट्रिय सभामा कोमल ओलीले कवितात्मक मन्तव्य राखेकी छिन्। राष्ट्रिय सभामा दोस्रो पटक सम्बोधन गर्ने क्रममा ओलीले सहिदको सम्झना गर्दै कविता वाचन गरेकी हुन् । ओलीले शार्दूलविक्रीडित छन्दको कविता वाचन गरेकी हुन् । यद्यपी ओलीले रचना कसको हो भन्ने खुलाइनन् । उनले वाचन गरेको कविता सहिदप्रति समर्पित थियो । उनले कविता लय हालेर वाचन गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य ओलीले युरोपियन युनियन (ईयू)को वक्तव्यप्रति आक्रोश व्यक्त गरेकी छिन् । उनले संवैधानिक व्यवस्थाविरुद्ध आएको ईयूको वक्तव्यले अन्तराष्ट्रिय स्तरबाट आक्रमण सुरु भएको बताइन् ।

‘आम जनताले चाहेको समृद्धिको बाटोमा अवरुद्ध हुन सुरु भएको छ । हामीलाई सामान्य लाग्न सक्ला तर, इयूले जुन किसिमको रिर्पाट दिएको छ, त्यसले नेपाली जनतालाई भ्रम सिर्जना गर्नमा भूमिका खेल्दै छ’, ओलीले भनिन्, ‘हामी अब पहिलेको स्थितिमा छैनौँ । देश समृद्धिको यात्रामा अघि बढिसकेको छ । हामी सजक नभए आगामी दिनमा यस्ता रिपोर्ट दैनिक आउन सक्छन् र नेपाल र नेपालीका लागि घातक हुन सक्छन् ।’

उनले राष्ट्रिय सभाका सबै सदस्यलाई ईयूको रिपोर्टविरुद्ध बोल्नुपर्ने र विरोध जनाउनुपर्ने धारणा राखिन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्