अचानक उत्तर कोरियाली नेता रेल चढेर चीन पुगे



बेइजिङ- जापानी सञ्चार मध्यमले उत्तर कोरियाका एक उच्च अधिकारी रेलबाट चीन पुगेको जनाएका छन् । उक्त उच्च नेता अन्य कोही नभइ उत्तर कोरियाली राष्ट्रपति किम जोङ उननै भएको बताइएको छ । ब्लुमबर्गले तीन अज्ञात स्रोत उल्लेख गर्दै यो समाचार प्रकाशित गरेको छ । २०११ मा सत्ता सम्हालेदेखि किमको यो पहिलो विदेश भ्रमण हो । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटघाट भन्दा पहिलाको तयारीको रुपमा हेरिएको छ ।

यद्यपि किमको यात्राको विस्तृत जानकारी वा उदेश्यको बारेमा हाल सम्म कुनै पनि कुरा पत्ता लागिसकेको छैन । क्योदो समाचार समितीका अनुसार प्योङयाङ र बेइजिङबीचको सम्बन्ध सुधार गर्नका लागि यो भ्रमण भएको हो । गत वर्ष उत्तर कोरियाको परमाणु परिक्षण र उसमाथि लागेको प्रतिबन्धका कारण चीन–उत्तर कोरिया सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

निपोन न्यूज नेटवर्कको एक फूटेजमा एक हरियो रङको रेल बेइजिङ पुगेको थियो । यो रेल किमका पिता किम जोङ इल २०११ मा चीन यात्रामा गएको जस्तै देखिएको छ । विश्व समुदायबाट एक्लिएको उत्तर कोरिया चीनको मित्र देश मानिदै आएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्तासँग यस विषयमा सोधिएकोमा उनले उनले आफूलाई केही जानकारी नभएको बताएका छन् । बेइजिङमा रहेको उत्तर कोरियाली राजदूतावासे पनि यो विषयमा केही जानकारी दिएको छैन ।

क्योदो न्यूजले आफ्नो सुत्रको हवाला दिदै यो रेल विशेष भएको र यसमा सम्भवतः विशेष अघिकारीनै भएको जनाएको छ । उत्तरपूर्वी चीनमा रोयटर्सको दुई सुत्रले पनि उत्तर कोरियाली नेता रेलबाट ड्यान्ड्रगको भ्रमणमा गएको जनाएको छ । ड्यान्ड्रगबाट बेइजिङको दुरी ११ सय किलोमिटर छ । साधारण रेलबाट यो यात्रा पुरा गर्नका लागि १४ घन्टाको समय लाग्छ ।

स्टेसनमा कडा सुरक्षा
चिनियाँ सामाजिक सञ्जालमा ड्यान्ड्रगका मानिसले स्टेसनमा रेलको आसपासमा व्यापक कडा सुरक्षा व्यवस्था कायम गरिएको जनाएका छन् । किमको यात्राका कारणनै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । सोमबार दिउसो प्रहरीले बेइजिङमा पूर्वदेखि पश्चिम सम्म कडा सुरक्षा व्यवस्था कायम गरेको थियो । केही भवनहरुमा प्रवेश गर्न समेत रोक लगाइएको थियो । प्रहरीले तियानमिन स्क्वायरमा सबै पर्यटकलाई समेत हटाएको थियो । यस किसिमको कडाई ग्रेट हल अफ द पिपलमा कुनै महत्वपूर्ण बैठक हुने समयमा मात्रै हुने गर्छ । किम जोङ उन बेइजिङ आएको विषयलाई पूर्ण रुपमा अस्वीकार गर्न नसकिने चिनियाँ सेनाको नजिकको सुत्रले बताएको रोयटर्सले जनाएको छ । यद्यपि यसको पुष्टि पनि गर्न नसकिने बतााइएको छ ।

किमले चीनको यात्रा गरेको विषय उनी स्वदेश फर्किएपछि मात्र सार्वजनिक गर्ने गरिएको थियो । उनले आफ्नो निजी रेलको माध्यमबाट चीन र रुसको यात्रा गर्दै आएका छन् । विमानबाट विदेश यात्रा गर्नु सुरक्षा नभएकाले उनले रेलबाट मात्रै यात्रा गर्ने गरेका छन् । उनी स्वीट्जरल्यान्डमा पढाइ गर्दाको समयमा भने विमानबाटनै यात्रा गर्ने गर्दथे । तर २०११ मा पिताको निधन भएपछि सत्ता सम्हालेपछि उनी देश बाहिर गएका छैनन् । (मीडिया एनपी)

प्रतिक्रिया दिनुहोस्