किन रेल चढेर चीन पुगे उत्तर कोरियाली शासक किम जोङ उन



काठमाडौं, १४ चैत

उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी भएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले किम चीन आएको पुष्टी गरेको हो । केही दिनको अड्कलबाजीका बीच किम चीन पुगेको प्रमाणित भएको हो ।

बेइजिङमा चिनियाँ राष्ट्रपति जी शिनपिङले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेको पनि समाचारमा उल्लेख छ । भेटवार्तालाई सफल भएको दावी गरिएको छ ।

यसअघि जापान र दक्षिण कोरियाले यसरी अचानक चीन आएको व्यक्ति किम नै हुनसक्ने आशंका गरेका थिए ।

जापानी संचार माध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यस क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेको थियो ।

किमका बुबा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीरसमेत सार्वजनिक गरिएको थियो ।

किम सन् २०११ मा सत्तामा आएपछि किमको यो पहिलो विदेश भ्रमण मानिएको छ । -एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्