नेपालको एसियन छनोट यात्रा टुंगियो, विना जित ६ खेलमा ३ गोल



काठमाडौं , १४ चैत

कतारमा मंगलबार राती यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको छ । समूह एफमा रहेको नेपालले एक वर्षमा खेलेका ६ मध्ये कुनै पनि खेल जित्न सकेन ।

२ खेलमा बराबरी गरेको नेपालअंकतालिकाको पुछारमा रहँदै छनोट टुंगाएको छ । समूहबाट फिलिपिन्स विजेता र यमन उपविजेताका रुपमा एसियन कपमा छनोट हुन सफल भएका छन् । फिलिपिन्स १२ अंक सहित शीर्ष स्थानमा रहँदै यमन १० अंकसहित दोस्रो स्थानमा रह्यो । ७ अंक जोडेको ताजकिस्तान पनि छनोट चरणबाट बाहिरिएको छ ।

एक पटक छनोट चरणबाट बाहिरिसकेको नेपालले एएफसी सोलिडारिटी कप विजेता बनेपछि एसियन कपको छनोट खेल्ने मौका पाएको थियो । ग्वामले नखेल्ने भएपछि नेपालले मौका पाएको थियो । छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।

६ खेलमा ११ गोल खायो भने मात्र ३ गोल गर्यो । विशाल राई, विमल घर्ती मगर र नवयुग श्रेष्ठले मात्र छनोटमा गोल गर्न सके । विशालले फिलिपिन्स, विमलले ताजकिस्तान र नवयुगले यमनविरुद्ध गोल गरेका थिए । फिलिपिन्ससँग दुवै खेल गुमाएको नेपालले यमन र ताजकिस्तानसँगको खेल एउटा गुमाएको थियो भने अर्कोमा बराबरी गरेको थियो ।

एसियन कप छनोट चरणमा नेपालको प्रदर्शन
१.फिलिपिन्सविरुद्ध नेपाल (अवे) २८ मार्च २०१७, ४–१ (विशाल राई)
२. नेपालविरुद्ध यमन (होम), १३ जुन २०१७, ०–०
३. नेपालविरुद्ध ताजिकिस्तान (होम), ५ सेप्टेम्बर २०१७,१–२ (विमल घर्ती मगर)
४.ताजिकिस्तानविरुद्ध नेपाल (अवे), १० अक्टोवर २०१७,३–०
५.नेपालविरुद्ध फिलिपिन्स (होम), १४ नोभेम्वर २०१७,०–०
६.यमनविरुद्ध नेपाल (अवे), २७ मार्च २०१८,२–१ (नवयुग श्रेष्ठ)

प्रतिक्रिया दिनुहोस्