म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित



नेपित्व, १४ चैत

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो ।

मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना निकटस्थ व्यक्ति हुनुहुन्छ ।

सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो ।

म्यानमारको युनियन संसदले बुधबार उहाँलाई म्यानमारको राष्ट्रपतिमा निर्वाचित गरेको हो । उहाँले म्यानमारको सभामुख भएर काम गरिसक्नुभएको छ ।

उहाँसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गर्नुभएको थियो ।

म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गर्नुभएको थियो ।

उहाँले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्