काठमाडौं, चैत १४
एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि गठन हुने एकीकृत पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने टुंगो लागेको छ । विधान र सांगठनिक खाका तयार गर्न गठित कार्यदलले सो सहमतिसहित प्रतिवेदनको टुंगो लगाएको हो ।
बुधबार बसेको कार्यदलको बैठकले लामो छलफलपछिको निश्कर्षलाई आफ्नो प्रतिवेदनमा समेटेको छ । कार्यदलले सहमतिको सो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पठाउने निर्णय पनि गरेको छ ।
बुधवारको बैठकमा भएको सहमतिअनुसार एकतापछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने छ, ९९ सय सदस्यीय पोलिटव्यूरो र ३३ सदस्यीय स्थायी कमिटी गठन हुनेछ । त्यस्तै, पार्टीमा महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी ९प्रतिनिधिसभा र प्रदेशसभा अलग अलग०, स्थानीय तह, वडा र प्रारम्भिक कमिटी रहनेछन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान बार्ता भई एकतालाई गति दिने सहमति भएलगत्तै कार्यदलले पनि काम टुंग्याएको हो ।
बुधवारको बैठकमा भएको सहमतिअनुसार एकतापछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने छ, ९९ सय सदस्यीय पोलिटव्यूरो र ३३ सदस्यीय स्थायी कमिटी गठन हुनेछ । त्यस्तै, पार्टीमा महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी (प्रतिनिधिसभा र प्रदेशसभा अलग अलग), स्थानीय तह, वडा र प्रारम्भिक कमिटी रहनेछन् ।
यसैगरी जिल्ला कमिटीको संख्या ७५ देखि १२५ सम्म रहनेछ । कार्यदलबीच केही बुँदामा भने कुरा मिलेको छैन । बैठकले जनयुद्ध र सूर्य चिन्हका विषयमा सहमति जुटाउन नसकेको हो । विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको प्रस्तावमा एमाले सहमत भएको छैन भने एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कुरामा माओवादी सहमत भएको छैन
कार्यदल सदस्य बेदुराम भुसालका अनुसार केन्द्रीय कमिटीभन्दा तल प्रदेश कमिटी रहने छ । प्रदेश कमिटी १५० सदस्यीय हुनेछ । एमालेले प्रदेशको आकार अनुसार संख्या तलमाथि गर्न प्रस्ताव गरेको छ भने माओवादीले सातै प्रदेशमा उत्तिकै संख्यामा प्रदेश कमिटी गठन गर्ने प्रस्ताव राखेको छ ।
यसैगरी जिल्ला कमिटीको संख्या ७५ देखि १२५ सम्म रहनेछ । कार्यदलबीच केही बुँदामा भने कुरा मिलेको छैन । बैठकले जनयुद्ध र सूर्य चिन्हका विषयमा सहमति जुटाउन नसकेको हो । विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको प्रस्तावमा एमाले सहमत भएको छैन भने एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कुरामा माओवादी सहमत भएको छैन ।
सहमति नभएका विषयलाई एकता संयोजन समिति बैठकले टुंगो लगाउने सहमति भएको छ ।