क्रिसमसमा बिदा दिने, रामनवमीमा काट्ने, निर्णय सच्याऊ



काठमाडौं, १५ चैत

सरकारले २२ वटा सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ वटा बिदा कटौतीको निर्णय गरेको हो । यो वर्ष १०४ दिन सार्वजनिक बिदा रहेको र आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक बिदा हुनेछ ।

तर, २२ वटा सार्वजनिक काट्दा हिन्दु धर्मावलम्बीले मान्दै आएको चाडपर्वको काटिएको भन्दै विरोध सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई आफूले गरेका निर्णय सच्याउन माग गरेका छन् ।

उनले राष्ट्रिय एकता दिवस र सनातन धर्मावलम्बीहरूरुको महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व बिदा कटौती गर्ने निर्णय दुर्भाग्यपूर्ण भनेका छन् ।

‘क्रिसमसमा बिदा दिने, तर श्रीकृष्ण जन्माष्टमी, रामनवमी र घटस्थापनामा बिदा नदिने निर्णय पूर्वाग्रही छ । सरकार हिन्दुधर्म कमजोर बनाउने षड्यन्त्रको संवाहक बन्यो । निर्णय सच्याऊ,’ थापाले फेसबुकमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्