बू.न.पा. -१० ले स्वीकृती बिनाका विज्ञापन सामग्री राख्न नदिने



१५ चैत्र २०७४

काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले वडा क्षेत्र भित्र बिना स्वीकृत प्रचार गर्न विधालय वा अन्य व्यापारिक संस्थाले राखेका विज्ञापन सामग्रीहरु तत्काल हटाउन निर्देशन दिएको छ ।

वडा अध्यक्ष नवराज भट्टराईद्वारा जारी सूचनामा वडा कार्यालयको स्वीकृति नलिई भविष्यमा विज्ञापन सामग्री नराख्न पनि अनुरोध गरेको छ ।

वडा कार्यालयद्वारा जारी सूचना
प्रतिक्रिया दिनुहोस्