सार्वजनिक विदा कटौतीमा कमल थापाको विरोध



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिक विदा कटौतीको विरोध गरेका छन्। अध्यक्ष थापाले सार्वजनिक विदा कटौतीको विरोध गर्दै ट्वीट गरेका छन्। । सरकारले २२ दिन सार्वजनिक विदा कटौती गरेको छ।

उनले हिन्दु चाडपर्वका विदा कटौती गरेकाे भन्दै आक्रोश पोखेका छन्। अध्यक्ष थापाले राष्ट्रिय एकता दिवस र सनातन धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक/सांस्कृतिक पर्वविदा कटौती निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन्।

उनले क्रिसमसमा विदा दिएर श्रीकृष्ण जन्माष्टमी, रामनवमी र घटस्थापनामा विदा नदिने निर्णय पूर्वाग्रही भएको बताए। उनले सरकारको सार्वजनिक विदा कटौतीको निर्णय हिन्दु धर्मलाई कमजोर बनाउने षडयन्त्रको संवाहक भएको बताउँदै निर्णय सच्याउन माग गरे। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्