राजसी शैलीमा राष्ट्रपतिकाे संसद भवन इन्ट्रि



काठमाडौं, १६ चैत

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सत्ता छाेडेपछि नेपालमा लाेकतन्त्र स्थापना भयाे र जनताकाे बहुदलिय व्यवस्था लागु भयाे । नेपालमा लाेकतन्त्र स्थापना भएसंगै जनताले स्वतन्त्रताकाे अनुभुति गर्न पाए । तर राजतन्त्र हटेकाे करीब ११ वर्ष बितिसक्दा पनि सत्तापक्षमा कतै न कतै राजसीपन झल्किने व्यवहार अझै पनी कायमै छ ।

बिहिबार अर्थात अाज महामहिम राष्ट्रपति विद्यादेवि भण्डारी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई सम्बाेधन गर्न घोडाको बग्गीमा प्रवेश गर्ने र प्रधानमन्त्री सहितका माथिल्लाे अाहाेदाका व्यक्तिले स्वागत गर्ने कार्यक्रम रहेकाे छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताए अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुहुनेछ । शीतल निवासबाट गाडीमा सवार राष्ट्रपति भण्डारी शान्तिनगर गेटमा पुगेपछि बग्गीमा चढ्नेछिन्।शान्तिनगर गेटबाट बग्गी चढेर राष्ट्रपति भण्डारी नयाँ बानेश्वर पुग्नेछिन्। बानेश्वरस्थित संघीय संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति प्रवेश गरेपछि स्वागत लगत्तै संयुक्त बैठक कक्षमा आसन ग्रहण गराइने छ।

यस किसिमकाे राष्ट्रपतिकाे राजशि शैलीले राजतन्त्रकाे एक झल्काे दिन्छ । नेपालमा राज्यसंस्थाले शासन व्यवस्था सञ्चालन गर्दा शासकहरूले जनतामाथी एकाधिकार कायम गर्न घाेडा रथ अर्थात बग्गी प्रयाेगमा ल्याउथे । जुन शासकहरूले अाफनाे शानकाे रूपमा लिन्थे ।

राष्ट्रपति भण्डारीले घाेडाकाे बग्गीमा चढेर संसद भवनमा अाउनु एकप्रकारकाे शासकिय शैली प्रस्तुत भएकाे छ । नेपालमा लाेकतन्त्र अर्थात जनताकाे शासनले चलिरहदाँ उच्च अाेहाेदामा बसेका व्यक्तिकाे यस्ताे कामले कतै अधिनायकवादकाे संकेत त हाेइन भन्ने शंका उत्पन्न गराएकाे छ ।

‘लोकतन्त्रको शाब्दिक अर्थ जनताद्वारा ‘शासन’ अर्थात एक राजनीतिक प्रणाली जसले समुदायको सबै सदस्यहरूलाई समान रूपमा व्यवहार गर्दछ । तर पछिल्लाे समयमा नेपाली राजनितिक दलहरू लार्इ पनि अधिनायकवादी माेहले छाेड्न सकेकाे छैन । लाेकतन्त्रकाे अर्थ हाे सबैमा समान व्यवहार तर नेपालकाे सन्दर्भमा याे लागु भएकाे छैन । उच्च अाेहाेदामा बस्ने व्यक्तिहरूकाे कतिपय व्यवहारले कहिँ न कतै झल्काे दिइरहेकाे छ ।

सम्माननिय राष्ट्रपतिले संसदमा सम्बाेधन गर्न अाउदाँ घाेडाकाे बग्गिमा अाउनु लाेकतान्त्रिक मान्यताका लागी कतिकाे स्वागतयाेग्य छ ? के राष्ट्रपतिले अाफु शासक रहेकाे संकेत दिन खाेजेका हुन त? कि याे भन्दा स्वागतयाेग्य अर्काे विकल्प थिएन ? मुख्य प्रश्न त याे हाेकि संघियतामा गइसकेकाे सरकारले यस्ताे शासकिय शैलीमा प्रस्तुत हुदाँ राजतन्त्र र लाेकतन्त्रमा के फरक रहन्छ ?

प्रतिक्रिया दिनुहोस्