तनहु, १६ चैत
नेपाली कांग्रेसका केद्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान ओली सरकारलाई कांग्रेसले ‘फु’ गरेर ढाल्न सक्ने बताएका छन् । ‘विगतमा पनि गिरिजाप्रसाद कोइरालाले एमाले नेतृत्वको सरकार ‘फु’ गरेर ढालिदिएको इतिहास बताउँदै उनले अधियानकवाद लाद्न खोजे वर्तमान सरकार पनि ‘फु’ गरेर ढालिदिने चेतावनी दिए ।
तनहुँ व्यास नगरपालिका–४ ले बिहीबार स्व. गिरिजाप्रसाद कोइरालको ८ औ स्मृति दिवसका अवसरमा आयोजिना गरेको कार्यक्रममा कोइरालाले यस्तो चेतावनी दिएका हुन् । अहिलेको सरकार वाम गठबन्धनको सरकार भनिए पनि वास्तवमा कम्युनिष्टको सरकार भएको केन्द्रीय सदस्य कोइरालाको आरोप थियो ।
उनले कम्युनिष्टहरुको सरकार अधिनायकवादतर्फ उन्मुख हुने हुँदा कांग्रेस सजग हुनुपर्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद लाद्नका लागि सबै अधिकार आफूमा निहित गर्दै गईरहेको भन्दै उनले सरकारले न्यायलय समेत आफ्नो कब्जामा लिईसकेको र बाँकी सेना मात्र रहेको आरोप लगाए ।