काठमाडौँ, १७ चैत
स्थानीय तहको निर्वाचन भएपछि प्रथम पटक गाउँपालिकाका राष्ट्रिय महासंघको महाधिवेशन काठमाडौँमा शुरु भएको छ । सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीबाट भएको थियो ।
सम्मेलनमा ७५ जिल्लाकै गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्ष भित्रमा नेपालमा सबै गाउँहरुमा निरक्षरता निर्मूल पार्ने बताएका थिए ।
कार्यक्रममा ओलीले स्थानीय निकायमा हुन सक्ने भ्रस्टाचार प्रति संकेत गर्दै भने ‘नेपाली जनताले आफुले भोट दिएर जिताएका प्रतिनिधिले भ्रष्टचार गरेको हेर्न चाहदैनन्, जनता शान्ति सुशासन, आर्थिक विकास चहान्छन् ।’
तीन दिन सम्म चल्ने अधिवेशनले नँया नेतृत्व समेत छनोट गर्ने आयोजकले बताएका छन् ।