एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
सो हकप्रद सेयरमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका ४० लाख २७ हजार ९ सय ६६ दशमलव २० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरूले एनआइबिएल एस क्यापिटल मार्केट, एसियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८ सय ६० रुपैयाँ पुग्नेछ । माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम साबिक सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।