प्रधानमन्त्री ओलीको भारत भ्रमण आर्थिक–सामाजिक विषयवस्तुमा केन्द्रित हुने



१८ चैत २०७४ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री भएपछि भारतमा कुटनीतिक भ्रमण पहिलो हो । प्रधानमन्त्री भारत भ्रमण गर्नु अगावै नेपाली मिडिया र राजनीतिमा निकै चासो हुने गरेको छ । विज्ञहरूको भनाई अनुसार, यसपालि सन्धि–सम्झौता पुनरावलोकनको विषय सम्भवत उठदैन । किनकि, यसलाई ‘प्रबुद्ध समूह’ (ईपीजी) ले टुंग्याउँदै गएको छ । बरु यो भ्रमणका एजेन्डा आर्थिक–सामाजिक विषयवस्तुमा बढ्ता केन्द्रित हुन सक्छन् ।

विशेषत भारत भ्रमणका एजेण्डाका विषयहरु सुस्त परियोजना चासो र सम्बन्ध सुधार्ने अवसर रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्