अब चीन र भारतको सहयोग लिएर अचम्मै लाग्ने गरी विकास गर्छु : प्रम ओली



काठमाडौं, १८ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सम्बन्ध थप सुधारका लागि र नेपालको हितको लागि हुने बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत भ्रमणले नेपालको विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

‘भारत भ्रमणमा जाँदैछु, भारतले हामीलाई सहयोग गरिरहेको छ, भारतसँग अझै सुमधुर सम्बन्ध बनाउन पनि म जान लागेको हो’, ओलीले भन्नुभयो, ‘भारत जस्तै चीनसँग पनि हाम्रो मित्रता छ । भारत–चीनले सहयोग गर्छन् अनि सिंगो नेपाल मिलेर अचम्म लाग्ने गरी विकास गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्