युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारले वैदेशिक रोजगारी लागि विदेशिने कामदारहरुले प्रस्तुत गर्नु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई तत्कालको लागि खारेज गरेको छ ।
युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी यस् अघी लागु गरिएको नियमलाई खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएको छ । ‘अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको छ’ ट्वीटरमा भनिएको छ ।
गत फेब्रुअरी ४ तारिख देखि युएईले कामदारहरुको नयाँ भिसाको लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो । कामदारहरुले प्रहरी रिपोर्ट बनाउनको लागि युएई सरकारलाई प्रमाणीकरणको लागि ४ हजार ३ सय रुपैयाँ शुल्क तिर्ने गरेका थिए । वैदेशिक रोजगार व्यवसायी संघले समेत उक्त कार्यको विरोध गरेको थियो । (नयाँ पत्रिका)