नेपालकालागि आफ्नो सबै नाका खोल्न चीन तयार



काठमाडौं, १९ चैत

आर्थिक समृद्धिको नारा लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको छोटै समयमै एउटा महत्वपूर्ण उपलब्धी हात परेको छ । छिमेकी मुलुक चीनले नेपालसँग जोडिएका सबै नाकाहरुलाई खुल्ला गर्ने बताएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यु हाङले संखुवासभाको किमाथाङ्कका र ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालन गरी नेपाल–चीन व्यापारलाई सहज बनाउने बताएकी छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै सीमा नाका सञ्चालन गरी दुबै देशको आवागमनलाई सहज बनाउने उनले बताइन् । प्राकृतिक हिसाबले नेपाल–चीन नाका खोल्न धेरै कठिन रहेको भन्दै राजदूत हाङले प्रमुख नाका खोल्न चीन सरकार सकारात्मक भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्