विश्व कल्याणका लागि महायज्ञ शुरु



गौशाला, १९ चैत्र

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका२ अनैठामा आजदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ ।

जिल्लाको महोत्तरी गाउँपालिका२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा यसै मन्दिरको प्रांगणमा आजदेखि १० दिन सम्मका लागि महायज्ञ शुरु भएको महायज्ञ समितिका अध्यक्ष नवीनकुमार नवलले बताउनुभयो ।

विश्व कल्याणार्थ आरम्भ भएको यस महायज्ञ महन्थ श्री राजाराम दास महाराजले विशेष पूजाअर्चना गरेर शुरु गर्नुभएको छ भने उहाँले नै दशौँ दिनमा सम्पन्न गराउनु हुनेछ । यस यज्ञमा यज्ञवेदी, हवनकुण्ड र रामनाप जाप संकीर्तनस्थल निर्माण गरी पूजाअर्चना र हवन शुरु भएको छ भने १० दिनसम्मका लागि अखण्ड राम नाम जाप संकीर्तनसमेत शुरु भएको महायज्ञ समिति अध्यक्ष नवलले बताउनुभयो ।

साथै यस महायज्ञमा हरिद्वारको प्रवचन, अयोध्याको रामलीलासहित अन्य खेल तामाशासहित भारी मेलाको आयोजनासमेत गरिएको महायज्ञ समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्