यसरी बलियो बनाऔँ रोगप्रतिरोधी क्षमता



काठमाडौं, १९ चैत

भनिन्छ, शरीर रोगको घर हो । यो धेरै हदसम्म सही पनि छ । मानिस सन्तुलित एवं प्राकृतिक जीवनशैलीबाट विमुख भयो भने उसको शरीरले विभिन्न प्रकारका रोगहरूको कारक तथा वाहक जीवाणुहरूको आक्रमण झेलिरहनुपर्ने हुन्छ । यस्तो हमला तब मात्र नाकाम हुन्छ जब हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता सबल हुन्छ । जीवनशैलीमा अलिकति ख्याल राखेर आहारविहारमा ध्यान दिने हो भने रोग प्रतिरोधी क्षमता सहजै बढाउन सकिन्छ ।

बोक्रासहित अन्न
गहुँ, जौ, मकै आदि अन्नको सेवन बोक्रासहित गर्नुपर्छ । चामल पनि धेरै नफलेको अर्थात् खैरो नै राम्रो हुन्छ । यस्ता अन्नको सेवन गर्दा कब्जियत नहुनुका साथै प्रतिरोधी क्षमता समेत चुस्तदुरुस्त रहन्छ ।

पानी
पानी अमृत हो । यो प्राकृतिक औषधि हो । पर्याप्त पानी पिउनाले शररीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ भने रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुन्छ । पिउने पानी सामान्य वा मनतातो हुनुपर्छ, पिजमा राखिएको चिसो पानीले हानि गर्नसक्छ ।

तुलसी
तुलसीको धार्मिक महत्व आप\mनो ठाउँमा छ तर यसको औषधीय महत्व समेत अनुपम छ । यो एन्टिबायोटिक, पीडा निवारक एवं रोगप्रतिरोधात्मक क्षमता बढाउने दृष्टिले फाइदाजनक छ । दिनहुँ विहान ४-६ वटा तुलसी पत्रको सेवन गर्नु हितकारी छ ।

योग एवं प्राणायाम
योग तथा प्राणयामले शरीरलाई विकारमुक्त बनाउनुका साथै स्वस्थ एवं रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । पहिले योग्य व्यक्तिसँग सिकेर यसलाई नियमित अभ्यास गर्नु स्वास्थ्यका दृटिले निकै राम्रो हुन्छ ।

हाँसो
हाँसो धेरै हिसाबले फाइदाजनक कुरा हो । दिल खोलेर हाँस्दा रक्तसञ्चार सुचारु हुनुका साथै शरीरले बढी मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावरहित भएर हाँस्दा शरीररको रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

मौसमी फलफूल
मौसमअनुसारका फलफूल सेवनले शरीररको रोग प्रतिरोधात्म क्षमता बढाउन सहयोग पुग्छ । उखुबाहेकका फलफूललाई रस मात्र निकालेर खानुभन्दा पूरै खानु लाभदायक हुन्छ ।

ड्राइ फ्रुट्स
ड्राइ फ्रुट्सको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । विशेष गरी बदामजस्ता ड्राइ प|mुट्सलाई बेलुकी भिजाएर विहान दुधसँग खानु राम्रो मानिन्छ ।

उमारिएका अन्न
उमारिएका अन्न (मुँगी, चना, केराउ आदि) तथा भिजाइएका दाल पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । यस्ता खाद्य पदार्थमा पर्याप्त मात्रामा पोषण पाइन्छ । यी खानेकुरा पचाउन सजिलो, पोषक तथा स्वादिला हुन्छन् ।

सलाद
खाना सँगसँगै सलाद पनि पर्याप्त मात्रामा खानुपर्छ । खानालाई पूर्ण रूपमा पचाउनका लागि सलाद जरुरी हुन्छ । काँक्रो, मुला, गाजर, प्याज, गोलभेँडा, चुकन्दर आदिलाई सलादका रूपमा खान सकिन्छ । यिनमा रहेको प्राकृतिक नुन नै हाम्रो शरीरका लागि पर्याप्त हुने भएकाले अतिरिक्त नुन थपिरहनु आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस्