गाई खान हैन गाईको नाममा डलर र युरो खान खोजेको : प्रधानमन्त्री ओली



काठमाडौं, १९ चैत

प्रधानमन्त्री के.पी ओलीले गाई खान हैन गाईको नाममा राजनीति गरेर डलर र युरो खान खोजेको बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई विभिन्न धार्मिक संघसंगठनका अगुवाहरुले धार्मिक क्षेत्रलाई आएको धम्की,सनातन चाडबाडमा सरकारी विदा कटौती र गौ संरक्षण लगायतको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीले गाई काट्न खोजेको खान नपाएर हैन, गाई खान पनि खोजेको हैनन भनेका छन् ।


प्रधानमन्त्रीले गाई खानु पर्छ र पाऊनु पर्छ भनेको पेटको भोकले हैन समाज बिगार्ने,लडाऊने,जुधाऊने र मान्छेकै मृत्युको व्यापार गर्ने भोकले हो र वर्तमान सरकार यस्ता सबै कुराप्रति सचेत समेत रहेको बताएका छन् ।
साथै उनले धर्म सापेक्ष चै हुन नदिने बताए ।


त्यसै गरि उनले थोत्रो राजसंस्था विदेशी जोगीले चाईन्छ भनेर नआउने समेत बताए छन् । ओलीले धर्मको नाममा विदेशी जोगी आएर राजा चाईयो भन्ने हैन। यो बिषयमा नेपाली जनताले निर्णय अन्तिम हुने समेत बताए ।

ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्