काठमाडौं, १९ चैत/ एटम शर्मा
नेपालको अति दुर्गम र उच्च हिमाली जिल्ला सोलुखुम्बुको काखमा माता आङदिकी शेर्पा र पिता फुर्वा कितार शेर्पाको कोखमा सन् १९६१ डिसेम्वर १० मा पासाङ ल्हमु शेर्पाको जन्म भएको थियो । पासाङ भनेको शेर्पा भाषामा शुक्रबार हो । त्यसैले उनी शुक्रवार जन्मिएकी हुनाले उनको नाम पासाङ राखिएको थियो ।
वावु वेलायती सैनिक जीवनबाट पुर्ण अवकास लिएर ट्रकिङ व्यवसायमा लागे पछि उनी पनि वावुकै ट्रेकिङ व्यवसायमा लागीन उनले सो साक्षरता भन्दा माथिको कुनै पनि शिक्षा आर्जन गर्न पाइनन् । बा कलिलै उमेर देखि लुक्लामा रहेको शेर्पा को–अपरेटिम होटलमा वेटरको काम गर्न थालिन । नेपालमा रहेको सगरमाथा चढ्न नेपालीहरु आउनु पर्नेमा थुप्रै विदेशीहरु मात्र आएको देख्दा उनी छक्क पर्थिन । विदेशीहरुले नेपालको सगरमाथा चढेर नाम कमाएको सुन्दा र देख्दा उनी छक्क पर्थिन र नेपालीहरु सम्झेर खिन्न हुन्थिन ।
सोलुखुम्बुमा जन्मिएको हुनाले उनमा सानै देखि हिमाल चढ्ने, हिउँका डल्लासंग खेल्ने वानी वसिसकेको थियो। वावाले ट्रेकिड्ड व्यवसाय सञ्चालन गरे पछि वावासंगै उनी पनि धेरै पटक सगरमाथा आधार सिविर पुगेकी थिइन । वावासँग ट्रेकिड्डमा हिड्ने क्रममा टेकिड्ड व्यवसायमै रहेका ल्हाक्पा सोनाम शेर्पासँग उनको चिनजान भयो । र अन्त्यमा १९६९ मा प्रेम विवाह समेत भयो । विवाह पछि उनलाई श्रीमानले सगरमाथा चढ्न हौस्याए । हुनत उनको पनि भित्री इच्छा त्यहि थियो । त्यसैले दुवैजना मिलेर काठमाडौं आए । सामाखुसीमा थामसेर्कु ट्रेकिड्ड प्रा.लि.खोले । उनको पर्वतारोहण गर्ने कार्यमा जुट्न थालिन । पारिवारका सवै सदस्यहरुले सहयोग गरे । त्यतिवेला उनका ३ सन्तान जन्मिसकेका थिए।
सन् २०८७ मा उनले सगरमाथा आरोहणको तयारीको लागि मनाड्डको पिसाङ हिमाल र लामटाङको यालापिक हिमाल सफलतापुर्वक जढिन । त्यतिले मात्र पुर्ण भएको नसम्झेर उनले पुनः सन् १९९८ मा फ्रान्सको माउन्टव्लङ्क पनि सफलतापुर्वक नै चढिन। त्यस पछि भने उनी पुर्णरुपमा सगरमाथा आरोहणको तयारीमा जुट्न थालिन । नभन्दै फ्रान्सेली महिला किचेना जायनाको टोलीमा सामेल भई उनी सगरमाथाको शिखर तर्फ लम्किन थालिन । तर दुर्भाग्यावश आठ हजार मिटर उचाईमा पुग्दा नपुग्दै उनको अक्सिजन सकिएकले गर्दा अगाडि वढ्न सकिनन् । तर त्यसको एक वर्ष पछाडि नै उनले आफ्नै नेतृत्वमा दोस्रो प्रयास सुरु गरिन् । विविध कारणले उनी यस पल्टपनि आठ हजार सात सय ५० मिटर सम्म मात्र पुग्न सफल भइन ।
दोस्रो प्रयास पनि असफल भए पछि पुन फ्रान्सेली टोलीमा आफुलाई समावेश गरी तेस्रो प्रयास गरिन् । तर यो प्रयास पनि उनको प्रयास मात्रै रह्यो । त्यतिखेर ठुलो हावाहुरी चलिरहेको वेला विना अक्सिजन रातभर उनी हिउँमै वस्नु परेको थियो । पटक पटकको असफलताको क्रममा एक पल्ट माउन्टेनियरिङ फाउण्डेसनबाट वचेन्द्र पालको नेतृत्वमा सगरमाथा चढ्न भारत नेपाल संयुक्त महिला सगरमाथा आरोहणदल वनेको थियो । जसमा पासाङ्लाई पनि टोलीमा सहभागी हुन आग्रह गरियो । तर नेपालीलाई नेपालीमा रहेको सगरमाथा चढ्न कुनै विदेशीको सहयोग नचाहिने कुरा प्रष्ट्याईन । त्यति वेला उनलाई उनको त्यो जवाफले सवैले खिल्ली उडाए । तर उनले जीवनमा हरेस भने पटक्कै खइनन् तर आफ्नो उद्देश्यमा दत्तचित्त भएर लागिरहिन् ।
गन्तव्यमा हिडेको मान्छे गन्तव्य नपुगी छाड्दैनन् भनेझैँ उनले पुन श्रीमन सोनामसँगको सहकार्यमा प्रथम नेपाली महिला सगरमाथा आरोहण अभियान–१९९३ नाम राखेर तत्कालिन सरकार समक्ष एक आवेदन प्रतिवेदन पेश गरेकी थिइन् । विडम्वना उनले आरोहणको निमित्त आवश्यक आर्थिक व्यवस्थाको अभावमा यसको नामै वदल्नु परेको थियो।