अब चीनबाट आउने रेल तराईसम्म पुग्छ: प्रधानमन्त्री ओली



सिमरा, १९ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले लामो समय परिवर्तनमा खर्चेकोले अब समृद्धि र विकासमा जोड दिनुपर्ने बताएका छन् ।

आइतबार बाराको सिमरास्थित बिषेश आर्थिक क्षेत्र सेजको गार्मेन्ट प्रशोधन केन्द्र शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले अब राजनीतिक खिचातानी समाप्त भएको बताए ।

विशेष आर्थिक क्षेत्रमा भाडा दर महँगो भएको भन्ने कुरा सुनेको भन्दै प्रधानमन्त्री ओलीले सबै परिवर्तन भए झैं यो पनि परिवर्तन गर्न सकिने भएकाले ढुक्क भई उद्योगमा जोड दिन आग्रह गरे ।

उनले चीनबाट आउने रेल काठमाडौंमा मात्र नभई तराइसम्मै आउने बताए । सेजको ८ सय ४३ बिगाहमध्ये ब्लक ए को १ सय ६० बिगाह क्षेत्रफलमा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस्