कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन पार्टी एकता हुन्छ : मन्त्री बस्नेत



काठमाडौं, १९ चैत

माओवादी केन्द्रका नेता एवं वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वैशाख ९ भित्रै नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुने बताउँनु भएको छ । पार्टी एकताको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यसमेत रहेका बस्नेतले आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभयो।

दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्, मन्त्री बस्नेतले भन्नुभयो, पार्टी एकता संयोजन समितिमा अन्तिम छलफल हुन्छ।

उहाँले दुवै पार्टीको निश्चित तहबाट प्रतिवेदन पारित भई वैशाख ९ भित्र एकता हुने दाबी गर्नुभयो।

एकताको विभिन्न मोडेलमा छलफल भइरहेको छ, बस्नेतले भने,चैत २३ अगाडि नै एकताको घोषणा गर्ने कोसिस थियो । अब पूर्वनिर्धारित समय कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन हुने देखियो ।

प्रतिक्रिया दिनुहोस्