काठमाडौं २० चैत: पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक बर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । यो समाचार नागरिक दैनिकमा छापिएको छ ।
कानुनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएको निकायले त्यसको जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई गराउनुपर्छ ।
स्थानीय तहको निर्वाचनबाट ३५ हजार ४१ जना निर्वाचित भएका छन् । चैत १८ गतेसम्म राष्ट्रिय सतर्कता केन्द्रमा १५ हजारले मात्र सम्पत्ति विवरण बुझाएको रेकर्ड छ ।
पटपपटक ताकेता गर्दा पनि सबै जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको केन्द्रले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरुको नामावली उपलब्ध गराउन केन्द्रलाई ताकेता गरिरहेको छ ।