श्रममन्त्री विष्टसँग अमेरिका र जापानका राजदूतको भेटे



काठमाडौँ, १९ चैत

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसँग अमेरिका र जापानका राजदूतले शिष्टाचार भेट गरेका छन् । सोमबार मन्त्रालयमा संयुक्त राज्य अमेरिकाका राजदूत एलिना बि तेप्लिज र जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका हुन् ।

अमेरिकी राजदूतसँगको भेटमा दुई देशबीचको सौहार्द सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । त्यसैगरी, रोजगार सृजना तथा मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्नका लागि दुई पक्षीय रुपमा हुनुपर्ने प्रयासका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।

यसैगरी, जापानी राजदूत ओगावासँगको भेटमा नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन गरिनुपर्ने प्रयासमा विषयमा कुराकानी भएको छ ।

साथै आगामी दिनमा जापानमा नेपालीहरुका लागि सुरक्षित रोजगारीका अवसर सृजना गर्न तथा उद्यमशिलता विकासका लागि द्विपक्षीय आदानप्रदानका सम्भाव्य क्षेत्रहरुबारे समेत छलफल भएको सहसचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्