पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने



सोल, २० चैत

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाइ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको जानकारी एक अदालतले दिएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको बताइएको छ । उहाँलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ ।

उहाँलाई दिइने उक्त जेल सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ ।

पूर्व राष्ट्रपति हाई हाल थुनामै हुनुहुन्छ । उहाँमाथिको कारबाहीको जानकारी उहाँले नै प्रत्यक्ष हेर्न र सुन्न पाउनेगरी यस्तो प्रशारण गर्ने व्यवस्था गरिएको जानकारी अदालतको छ ।

उहाँलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको छ । सन् २०१७ को मार्च महिनामा उहाँलाई नियन्त्रणमा लिइएको थियो । अहिले पनि उहाँ हिरासतमा हुनुहुन्छ ।

उहाँले गरेको भनिएको भ्रष्टाचारमा उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै यहाँका सरकारी वकिलहरुद्वारा गरिएको छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुहुन्थ्यो । उहाँमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्धा चलिरहेको छ ।

सो मुद्धामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको थियो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

शुक्रबार उहाँको मुद्धाको फैसला हुने अनुमान गरिएको छ । यस टेलिभिजन प्रशारणका विषयमा अदालतले अनुमति दिने भएको छ ।

शुक्रबार अपरान्ह गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रुपमा सुनाइने छ । यस्तो प्रशारणको प्रचलन दक्षिण कोरियामा पहिलो पटक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्