काठमाडौँ, २० चैत
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा अभिनेता राजेश हमाल पनि सामेल हुने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहने भएका छन् ।
कलाकार मध्ये राजेश हमाल त्यो टोलीमा रहने बताइएको छ । नयाँ दिल्लीमा रहादा प्रधानमन्त्रीको बलिउडका प्रतिष्ठित कलाकारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने चाडै लाग्नेछ । गत साता राजधानीमा सम्पन्न फान अवार्ड उद्धघाटनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि समावेश गर्ने बताएका थिए । – कान्तिपुर साप्ताहिक