संसदमा काँग्रेस र माओवादीका संसदलाई अर्थमन्त्रीको कडा जवाफ 



काठमाडौं, २० चैत

अर्थमन्त्री युवराज खतिवडाले स्वेत पत्रमा उल्लेखित विषयमा कुनै पार्टी विशेषलाई लक्षित गरिएको नभई कालखण्डको मात्रै समिक्षा गरिएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अर्थमन्त्रीले हालै सार्वजनिक स्वेत पत्रमा अघिल्लो सरकारले गरेका निर्णयलाई अवमूल्यन गरी दोषारोपण गर्ने काम भएको भन्दै आपत्ती जनाएपछि मन्त्री खतिवडाले आफ्नो भनाइ राखेका हुन्। विधानले गरेको व्यवस्था सम्बन्धमा निर्णय गर्दा छोटो बाटो नगरी संसदीय प्रणाली बाट मात्रै गर्न आफूले सजग गराएको पनि उनले बताए।

कांग्रेस नेतृत्वको सरकारले भूकम्प प्रभावितका लागि भनि घोषणा गरेको राहतलाई फजुल खर्च भनि चित्रण गरिएको भन्दै व्यापक विरोध भएको थियो। उनले स्वेतपत्रमा सरकारी ढुकुटी रित्तो अवस्थामा छ भनेर सरकारले अतिरञ्जना गरेको आरोप कांग्रेका सांसदहरूले लगाएका थिए। उले श्वेत पत्रमा सबै सत्य कुराहरू राखिएको र त्यसबाट सरकार समस्या समाधान नगरी उम्कने स्थान नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्