लिभरपुलद्वारा म्यानचेस्टर सिटीमाथि ३-० ले पराजित



काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३-० को जित निकालेको छ ।

लिभरपुलले आफ्नै घरेलु मैदानमा सिटीलाई ३-० ले पराजित गर्दै क्वाटरफाइनलको पहिलो लिगमा ३-० अग्रता लिएको छ ।

लिभरपुलको जितमा मोहमद सलाह, एलेक्स अक्स्लाड चाम्बरलिन र साडियो मानेले गोल गरेका थिए ।

लिभरपुलले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।खेलको १२औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २०औ मिनेटमा चाम्बरलिनले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३१औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले ३-० ले जित्यो ।

लिभरपुल आफ्नो घरेलु मैदानमा खेलेका युरोपियन प्रतिष्पर्धामा अक्टोबर २०१४ देखि अपराजित रहेको छ । अहिलेसम्म खेलेका कुल १५ खेलमा १० मा जित र ५ खेल बराबरी रहेका छन् ।

यस खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोष्टमा एक सात पनि सिधै हानेर गोलको प्रयास गर्न सकेको थिएन । सिटीले २०१६ पछि पहिलो पटक बिना कुनै सट गोल पोस्टमा हानि खेल सकाएको छ ।

त्यस्तै लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा बढी ३१ गोल गरेको छ ।

यी दुवै टिमबीच क्वाटरफाइनलको दोस्रो लिग आगामी अप्रिल ११ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्