यात्रा गर्दा वान्ता हुन्छ भने अपनाउनुहोस् यी सजिलो उपायहरू



सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् ।कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् ।

कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ ।

रोकथामका उपाएहरू

१. यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने

२. सकेसम्म गाडीको अगाडिको सिटमा बस्ने,पानिजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटानेरको सिटमा बस्ने

३. बसेको ठाउँमा सफा हावाको प्रवाह कम हुन नदिन मिल्नेभए झ्याल खोल्ने

४. यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म टाढा बस्ने

५. मसन सिक्नेसको बारेमा कुरा नगर्ने र कुनै यात्रुले गरेमा ध्यान नदिने

६. यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने,आँखा बन्द गर्ने अथवा कुनै टाढा को निश्चित बिन्दुमा हेर्ने

७. यात्रा गर्नु पूर्व धेरै चिल्लो खाना, धूम्रपान तथा मध्यपान नगर्ने

८. ध्यान भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने जस्तै गीत सुन्ने, केही खाने, गफ गर्ने आदी

९. यात्रा गर्नु पूर्व स्याउको जुस पिउने, पदिनाको चिया अथवा पदिनाको पात खाने, तिते पाती को चिया अथवा केही तिते पाती को रस खाने, अदुवाको चिया अथवा अदुवा खाने, यात्रा गर्दा कगति खाने गर्नाले पनि यसलार्इ कम गर्न सकिन्छ

१०. स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने

प्रतिक्रिया दिनुहोस्