गर्मि मौसममा उखुको रस पिउँदा स्वास्थमा धेरै फाईदा पुग्छ । तर हामीले थाहा पाउनुपर्छ उखुको रस कस्तो ठाउमा बनेको हो भन्ने बारेमा कहाँ पाइन्छ भन्ने कुराबाट पनि फइदा र हानी तय हुन्छ ।
१. अन्य रसको मिश्रणः
उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ ।
२. अधिकतम २ गिलासको जुसः
विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनु हुँदैन । तर, जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी पु¥याउन सक्छ ।
३. संक्रमण हुने खतराः
सडकमा राखिएको मेसिनमा पेलेको रस फोहोर र धुलोमाटोयुक्त हुनाले संक्रमण हुने खतरा हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ ।
४. मेसिनको तेलः
उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ । यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ । मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ ।
५. फोहोर पसलः
तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ ।
६. खराब उखुः
सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा हानी गर्न सक्छ ।
७. फ्रिज गरेको जुसः
उखुको रस ताजा मात्र फाइदाजनक हुन्छ । फ्रिजमा राखेको जुस हानीकारक हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । त्यसैले पसलबाट उखुको जुस पिउनुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।