मुखमा खाटिरा आएको छ भने यसो गर्नुस्



भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत रेसादार खानाको कमी हुनाले मुख र जिब्रोमा खटिरा आउने गर्दछ । तपाईँ मुखमा खाटिरा आएको छ भने यसको उपचारका लागि यस्ता घरेलु उपाय अपनाउनुहोस् ।
१. पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

२. बदाम भिजाएर खाने

३. मह घाउमा लपक्क लगाउने

४. निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

५. जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

६. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

७. पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

८. हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

९. चिल्लो नखाने

१०. हल्का उम्रेको गेडागुडी बिहान बिहान खाने

प्रतिक्रिया दिनुहोस्