नयाँदिल्लीमा गृहमन्त्री राजनाथ सिंहबाट प्रधानमन्त्री ओलीलाई भव्य स्वागत



काठमाडौं, २३ चैत

तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी ओलीले नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सिंहले स्वागत गरेका हुन् ।

भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल पुगेका थिए । ३ दिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री ओली शुक्रबार विहान भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओलीको भ्रमणमा ५४ सदस्य रहेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्