प्रधानमन्त्री दिल्ली उड्नुअघि एकसाथ ३० सचिवको सरुवा



काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा उड्नुअघि एक साथ ३० जना सचिवहरुको सरुवा भएको छ । निजामती तहको माथिल्लो तहमा व्यापक हेरफेर गर्ने क्रममा ओली सरकारले अधिकांश मन्त्रालयका सचिवहरुको फेरबदल गरेको हो ।

ओली मन्त्रिपरिषद्ले आफ्नो सरकारलाई काम गर्न अनुकुल हुने गरी सचिवहरुको सरुवा गरेको हो । सरुवाको सूचीमा देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृहमन्त्रालयका सचिव पनि परेको छ ।

को कहाँ पुगे ?

सरकारले गृहमन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयमा रहेका प्रधानमन्त्रीको कार्यालयका सचिव प्रेमकुमार राईलाई पठाएको छ । गृहमा रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । त्यसैगरी शिक्षा मन्त्रालयमा खगराज बराललाई लगिएको छ भने शिक्षाका मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा पुगेका छन् ।

कृषिमन्त्रालयका सचिव विश्वनाथ ओलीलार्य वन वातावावरण मन्त्रलायमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट शरदचन्द्र पौडेललाई पठाइएको छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी राजन खनाललाई दिइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा थिए । सरकारले अख्तियारमा सार्वजनिक खरिदको कार्यालयबाट महेश्वर न्यौपानेलाई पठाएको छ । त्यसैगरी खानेपानी मन्त्रालयमा कृष्णराज बिसीलाई सरुवा गरिएको छ भने खानेपानीका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले सिचाइँ मन्त्रालयमा सचिव सञ्जय शर्मालाई पठाएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयबाट लालशंकर घिमिरेलाई प्रमको कार्यालयमा सरुवा गरिएको छ ।

सचिव सरुवा सूची

१.प्रेमकुमार राई प्रधानममन्त्रीकार्यालय वाट गृह मन्त्रालय
२. राजनखनालअख्तियार वाट अर्थमन्त्रालय
३. खगराज वरालप्रधानमन्त्रीकार्यालय वाट शिक्षामन्त्रालय
४. डा विश्वानाथओलीपशु विकास वाट वनतथावातावरण मन्त्रालय
५.महेन्द्र वहादुर गुरुङ प्रधानमन्त्रीकार्यालय वाट सुचनातथा सञ्चार मन्त्रालय
६.महेश्वर न्यौपाने सार्वजनिकखरिद अनुगमन वाट अख्तियार दुरुपयोग अनुसन्धानआयोग
७. मोहन कृष्ण सापकोटा गृह वाट युवातथा खेलकुद
८. महेश दाहालयुवातथा खेलकुद वाट श्रम तथा रोजार
९. शंकर अधिकारी अर्थ मन्त्रालय वाट उपराष्ट्रपति कार्यालय
१० लालशंकर घिमिरे : उपराष्ट्रपतिकार्यालय वाट प्रमकार्यालय
११ कृष्ण राजविसी : प्रमकार्यालय वाट खानेपानीविकास मन्त्रलायमा
१२. गजेन्द्र कुमार ठाकुर : खानेपानीमन्त्रालय वाट विज्ञान तथाप्रविधिमन्त्रालयमा
१३. मधु रेग्मी : शिक्षामन्त्रालय वाट सार्वजनिकखरिद अनुगमनकार्यालय
१३. केदार वहादुर अधिकारी : सुचनातथा सञ्चार वाट प्रधानमन्त्रीकार्यालय
१४ मधुसुदनअधिकारी : पुर्ननिर्माण प्राधिकरण वाट भौतिकपुर्वाधार तथायातायात
१५, देवेन्द्र कार्की : भौतिक वाट नेपाल ट्रष्टमा
१६ महेशदाहाल:युवातथा खेलकुद वाट श्रमतथा रोजगार मन्त्रालयमा
१७. सञ्जय शर्मा : विज्ञान तथाप्रविधि वाट सिचाई मन्त्रालयमा
१८. लक्ष्मण मैनाली : श्रम मन्त्रालय वाट प्रमकार्यालय
१९ अर्जुन कार्की : नेपाल ट्रष्ट वाट पुननिर्माण प्राधिकरण
२०. प्रकाशमाथेमावातावरण वाट कृषि तथा पशु विकासमा
२१. विष्णु लम्साल योजनाआयोगवाट रक्षामन्त्रालयमा
२२. विनोद केसी रक्षामन्त्रालय वाट उपराष्ट्रपति कार्यालय (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्