फेरिए गृह सचिव, सापकोटाको ठाउँमा राई पुगे



काठमाडौँ: सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। प्रधानमन्त्री कार्यालयमा रहेका उनलाई गृहमन्त्रालयमा पठाइएको हो

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउँदै राईलाई गृहमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

गृहबाट सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको सरकारले अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्