प्रधानमन्त्री ओलीलाई दिल्लीमा ‘गार्ड अफ अनर’



नयाँ दिल्ली: प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भारतको राजधानी नयाँ दिल्लीमा गार्ड अफ अनरबाट सम्मानित गरिएको छ।

सम्मानपछि बोल्दै प्रधानमन्त्री ओली नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध अझै सुदृढ भएको बताए । उनले छिमेकीबीचको सम्बन्ध नवीकरण गरिरहुपर्ने बताउँदै आफू त्यसैका लागि भारत आएको पनि बताए ।

आफ्नो सम्मानमा भारतले दिएको सम्मानपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रको गरिबी निवारणमा सहकार्य गर्नुपर्ने बताए । यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

जनताको जीवनस्तर उकास्न मिलेर काम गर्नुपर्ने बताउँदै ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सम्मान दिइँदा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्