संविधान संशोधनमार्फत चीनले हालै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालको पाबन्दी हटाएको छ । पाबन्दी हटेसँगै दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका सी जिनपिङलाई अझै लामो समयसम्म शासन गर्ने बाटो खुलेको छ । त्यसैले, यो संशोधनलाई लिएर अधिकांश पश्चिमा मुलुकमा खैलाबैला मच्चिएको छ । उनीहरूमा एक किसिमको डर पैदा भएको छ ।
आलोचकहरूका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ नयाँ तानाशाहको रूपमा उदाउँदै छन् । सीलाई उनीहरूले दोस्रो माओत्सेतुङको संज्ञा दिएका छन् । यद्यपि, आलोचकहरूको यस्तो विश्लेषणमा कुनै तुक छैन । पश्चिमा देशमा भएका तथा भइरहेका लामो कार्यकाललाई अन्देखा गरेर उनीहरू एकोहोरो चीनको विरोधमा मात्रै लागेका छन् ।
उदाहरणका लागि, जर्मन चान्सलर एन्जेला मर्केलले हालै चौथोपटक चारवर्षे कार्यकाल सम्हालेकी छिन् । आश्चर्यको कुरा के छ भने उनको नयाँ कार्यकाललाई सम्पूर्ण युरोपले स्वागत ग-यो । कतैबाट पनि आलोचनाको स्वर सुनिएन । मार्केलले चुनावको माध्यमबाट जनादेश पाएको तर्क उनीहरू गर्न सक्छन् ।
यसर्थ, सीको हकमा चुनावबाट उनले जनादेश नपाएको तर्क पश्चिमा जगत्ले नगर्ला भन्न सकिन्न । तर, जवाफदेहिता सुनिश्चितता गर्ने बाटो प्रजातान्त्रिक चुनाव मात्रै होइन । नेतृत्वको लोकप्रियता (अप्रुभल रेटिङ)लाई मापन गर्न गरिएका थुप्रै अन्तर्राष्ट्रिय सर्वेक्षणका अनुसार को लोकप्रियता लोभलाग्दो छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी प्रधानमन्त्री थेरेसा दुवैको अप्रुभल रेटिङको योगफलभन्दा सीको अप्रुभल रेटिङ ज्यादा देखिएको छ । केचाहिँ हो भने कालान्तरमा चिनियाँ राजनीतिले गलत मोड लिने हो कि भनेर चिन्ता लिनु एउटा कारण हुन सक्छ । यही तर्क लगाउने हो भने बेलायत र अमेरिकाको राजनीति पनि खराब मोडमा नजाला भन्न सकिन्न ।
चीनमा सक्षम र जवाफदेही सरकार बनाउने सन्दर्भमा कार्यकालको सीमा राख्नैपर्छ भन्ने जरुरी छैन । यथार्थमा, कार्यकालको सीमा कतिपय अवस्थामा देशको लागि घातक साबित हुन पनि सक्छ । कार्यकाल सीमाकै कारण सक्षम राजनेताले देश हाँक्ने अवसर गुमाउनुपर्ने हुन्छ । जसले गर्दा देशमा नीतिगत अवरोध तथा राजनीतिक अव्यवस्थाको स्थिति सिर्जना हुन सक्छ ।
अमेरिकाले धेरैअघि यस्तो स्थिति महसुस गरेको थियो । अमेरिकाका पूर्वराजनेता अलेक्सजेन्डर हामिल्टनले उत्तम काम गर्न नेतालाई काम गर्ने वातावरण दिन आवश्यक रहेको विचार व्यक्त गरेका थिए । राम्रो काम गर्ने नेताप्रति झुकाब राख्नुपर्ने विश्वास उनको थियो । उनले भनेका थिए, ‘यसरी जनतासमक्ष आफ्नो क्षमता प्रमाणित गर्ने अवसर नेताले पाउँछन् ।
लामो समयसम्म उनीहरूको क्षमताले स्थान पाउँछ । स्थायित्वको सुनिश्चितता हुनु सरकार तथा प्रशासनको सफलताको संकेत हो ।’ हामिल्टनको विचार अहिलेको अमेरिकी राजनीतिमा सान्दर्भिक नहोला । तर, दोस्रो विश्वयुद्ध चलिरहेका वेला भने उनको विचार पक्कै सान्दर्भिक देखिएको थियो ।
सन् १९४४ मा राष्ट्रपति फ्राङ्क्लिन डी. रुजभेल्ट चौथो कार्यकालका लागि विजयी भएपछि अमेरिकी राजनीतिमा ठूलै तरंग आएको थियो । सन् १९३३ देखि निरन्तर राष्ट्रपतिको कुर्सीमा बसेका रुजभेल्टको चौथो कार्यकालका लागि चुनाव जितेको पाँच महिना नबित्दै निधन भयो । जनताको विश्वास जितेकाले उनलाई लामो समय शासन गर्नबाट कसैले रोक्न सकेन ।
तर, उनको निधनपछि अर्को राष्ट्रपतिले यति लामो समय शासन गर्ने मौका नै पाएनन् । सन् १९४७ मा अमेरिकी संसद्ले संविधानको २२औँ संशोधनमार्फत अमेरिकी राष्ट्रपतिले दुई कार्यकालसम्म मात्र शासनको बागडोर सम्हाल्न पाउने प्रस्ताव पारित ग-योे । सन् १९५१ मा राज्यहरूले यस्तो व्यवस्थाको समर्थन गरे । त्यसयता, सो व्यवस्था अमेरिकामा लागू भएको छ । तर, अधिकांश नयाँ राष्ट्रपतिले सुरुमै गम्भीर गल्ती गर्ने गरेको पाइन्छ । यदि अमेरिकामा राष्ट्रपति कार्यकाललाई सीमित नगरिएको भए सायद आज ट्रम्पको उदय नहुन पनि सक्थ्यो ।
अर्कोतर्फ, कार्यकालको सीमा सीमित हुनुको पनि आफ्नै महत्व छ । चीनको सन्दर्भमा सांस्कृतिक क्रान्तिपछि देङ जियापिङले चिनियाँ संविधानमा सीमित कार्यकालको विषय उल्लेख गराएका थिए । कुनै व्यक्ति विशेषको अराजक तथा क्रूर शासनले पुनः स्थान नपाओस् भन्ने हेतुले त्यस्तो पाबन्दी जियापिङले लगाएका थिए । तर, नयाँ पुस्ताका चिनियाँ नेताहरू आफैँमा धेरै शिक्षित छन् ।
अन्तर्राष्ट्रिय मूल्य–मान्यताबारे उनीहरूलाई राम्रो ज्ञान छ । तर्कसंगत र बुद्धिमत्ताका साथ जिम्मेवारपूर्ण तवरले शासनको बागडोर अहिलेको नेतृत्वले सम्हाल्ने विश्वास चिनियाँ जनताको छ । यस परिवेशलाई हेर्दा चीनको आमूल परिवर्तनका लागि भएको संघर्षलाई पूरा गर्न तथा टुंगोमा पु-याउन अझै वर्षाैं लाग्ने निश्चित छ । यसर्थ, सीमारहित कार्यकालले सीलाई चीनको यस लक्ष्यमा पुग्न मद्दत गर्नेछ । यसो भनिरहँदा उनी जीवनभर राष्ट्रपति बन्छन् भन्ने पनि होइन । यसैगरी, तनाशाह तथा अराजक बन्नका लागि उनलाई यस व्यवस्थाले शक्ति प्रदान ग-यो भन्ने भ्रम पाल्नु पनि गलत हो ।
जर्मन चान्सलर एन्जेला मर्केलले हालै चौथोपटक चारवर्षे कार्यकाल सम्हालेकी छिन् । उनको नयाँ कार्यकाललाई सम्पूर्ण युरोपले स्वागत ग-यो । कतैबाट पनि आलोचनाको स्वर सुनिएन । मर्केलले चुनावको माध्यमबाट नादेश पाएको तर्क उनीहरू गर्न सक्छन् । तर, जवाफदेहिता सुनिश्चितता गर्ने बाटो प्रजातान्त्रिक चुनाव मात्रै होइन । नेतृत्वको लोकप्रियता (अप्रुभल रेटिङ)लाई मापन गर्न गरिएका थुप्रै अन्तर्राष्ट्रिय सर्वेक्षणका अनुसार सीको लोकप्रियता लोभलाग्दो छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी प्रधानमन्त्री थेरेसा दुवैको अप्रुभल रेटिङको योगफलभन्दा सीको अप्रुभल रेटिङ ज्यादा देखिएको छ ।
गएको ६ वर्षभित्र सीले अधिकांश शक्ति आफ्नो मुठीमा पारेको दाबी पश्चिमा आलोचकको छ । केही हदसम्म उनीहरूको बुझाइ सही छ । उदाहरणका लागि यसअघि चीनको आर्थिक नीतिसम्बन्धी निर्णय गर्ने अधिकार क्षेत्र चिनियाँ प्रधानमन्त्रीको भागमा पथ्र्याे । तर, प्रधानमन्त्रीले गर्ने यस्तो निर्णय अधिकार सी स्वयंले गर्न थालेका छन् ।
यसको अर्थ बलियो नेता तानाशाही हुन्छ नै भन्ने हुन्न । चीनको अमूल परिवर्तनको उद्देश्य पूरा गर्न शक्तिशाली नेताको खाँचो छ, जसले परिवर्तन नचाहने शक्तिलाई परास्त गर्न सकून् । आफ्नो पहिलो कार्यकालमा थालनी गरेका पहलहरूको कार्यान्वयन हुन नदिन निहित स्वार्थ पालेका शक्तिको पहिचान सीले गरेका छन् । अब यस्ता अवरोधलाई परास्त गर्न उनी प्रतिबद्ध छन् ।
पाश्चिमा शक्तिले विश्लेषण गरेझैँ सी तानाशाह बन्न खोजे पनि वास्तवमा त्यो सम्भव भने छैन । चिनियाँ सरकारको सर्वोच्च निकायको रूपमा रहेको कम्युनिस्ट पार्टीको पोलिटब्युरो समितिले सीलाई तानाशाही बन्ने बाटो दिँदैन । सीको इच्छाअनुसार उनीहरू चल्दैनन् ।
चीनले पश्चिमा राजनीतिक प्रणाली अंगालेन भन्दैमा व्यवहारतः चीनमा कुनै प्रजातान्त्रिक प्रक्रिया नै हुँदैन भनी निष्कर्ष निकाल्नु गलत हो । चुनावमार्फत नेताहरू नचुनिए पनि उनीहरूको हरेक कामलाई राष्ट्रिय कंग्रेस तथा स्थानीय कंग्रेसले नजिकबाट नियालिरहेको हुन्छ ।
यसो भनिरहँदा नियन्त्रण र सन्तुलनका पक्ष अझै पनि चीनमा अपर्याप्त छन् । केही वर्षयता चाहिँ सुधार आएको छ । नीतिमा परिवर्तन गर्न पोलिटब्युरोभित्र सहमति बन्नुपर्छ । ठूला मुद्दाको सन्दर्भमा राष्ट्रिय कंग्रेसले सकारात्मक भूमिका खेल्छ ।
चीनको राजनीतिक विकासक्रममा पश्चिमा मिडियाले पनि चिनियाँ मुद्दालाई प्राथमिकताका साथ स्थान दिएका छन् । विगत केही वर्षयता सीले चलाएको भ्रष्टाचारविरुद्धको अभियानले पश्चिमा जगत्लाई चकित बनाएको छ । भ्रष्टाचारको आरोपमा आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई पन्छाउन सीले यस्तो कदम चालेको विश्लेषण पश्चिमा जगत्ले गरेको पाइन्छ ।
तर, भ्रष्टाचारको आरोप लागेका लगभग २० लाख चिनियाँ अधिकारी सीका विपक्षी पक्कै पनि होइनन् । भ्रष्टाचारविरुद्ध सीले थालेको कारबाहीलाई सम्पूर्ण चिनियाँ जनताले सहयोग गरेका छन् । यसरी चीनमा सीप्रतिको सम्मान बढ्दो छ ।
पश्चिममा सरकारको जवाफदेहितालाई प्रजातान्त्रिक निर्वाचनसँग जोडेर हेरिने गरेको छ । चीनमा भने जनताको चासो र आवश्यकताको रक्षा गर्न सरकारले कसरी र कत्तिको राम्रो काम गर्दै छ भन्ने हेरिन्छ ।
उच्च आम्दानी भएको मुलुकको हैसियतमा पुग्ने तथा आधुनिक चीनका जटिलताको सामना गर्न देशको नेत्तृत्व लिने नेताहरूले विगतमा सोचिएभन्दा बढी समय काम गर्न आवश्यक छ । हाल चीनमा भएको परिवर्तनले जवाफदेहिताको मर्मलाई आत्मसात् गर्दै देशको राजनीति र आर्थिक प्रणालीलाई थप बलियो बनाउनेछ । (साभार : नयाँ पत्रिका)
(लन्डन स्कुल अफ इकोनोमिक्सको प्राध्यापकका रूपमा केयू जिन कार्यरत छिन् ।)
कपिराइट: प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)