एजेन्सी – व्यस्त दिनचर्याको कारणले गर्दा हामी आफ्नो शरीरको महत्वपूर्ण अङ्गहरुको हेरविचार गर्न सक्दैनौं । जसमध्येमा दाँत पनि एक हो । हामी सबै पहेंलो दाँतबाट चिन्तित हुने गर्छौ ।
सबैको दाँतलाई चम्किलो र सेतो बनाउने रहर हुन्छ । दाँत सेतो भएमात्र तपाईं खुलेर हाँस्न सक्नुहुन्छ । दाँत पहेंलो भएमा तपाईंलाई अरुको अगाडि जान लाज हुने गर्छ । आज हामी तपाईंको दाँतलाई सेतो र चम्किलो बनाउने उपायको बारेमा जानकारी दिन्छौं ।
विधि: एउटा भाँडोमा थोरै बेकिङ्ग सोडा हालेर त्यसमा थोरै कागतीको रसलाई मिसाउनुहोस् । बाक्लो मिश्रण नबनेसम्म यसलाई राम्ररी चलाउनुहोस् । बाक्लो पेस्ट बनेपछि यसलाई दाँतमा लगाउनुहोस् । त्यसपछि टुथब्रशले सफा गर्नुहोस् । यस विधिबाट तपाईंले निकै नै आश्चर्यजनक परिणाम पाउनुहुनेछ ।