मस्को, २४ चैत
फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
उहाँहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गर्नुभएको क्रेमलिनले जनाएको छ ।
रुससँगै इरान र टर्कीका राष्ट्रपतिका बीचमा सिरियालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान गराउने सहमति भएको बारेमा पुटिनले माक्रोनलाई जानकारी दिनुभएको थियो ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान रुपले प्रस्तुत हुने बारेमा पनि उहाँहरूले छलफल गर्नु भएको क्रेमलिनले थप जानकारी दिएको छ ।
पुटिनले सिरियामा मानवीय सहायताको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्नुपर्नेमा जोड दिनुभयो ।