काठमाडौं, २५ चैत/ एटम शर्मा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विगत लामो समय देखि देशमा श्रम तथा रोजगारको क्षेत्रमा एक प्रकारको मनोविज्ञान , बिबिध विकाराल समस्याहरु र अनेकौं बेथितिहरू रहेको बताएका छन् । अब यी बेथितिहरू धेरै दिन नरहने भन्दै मन्त्री बिष्टले भने आजसम्म जे जे बेथितिहरू कायम रहेका छन् अब म यी वेथितिहरुलाई टुलुटुलु हेरेर बस्न सक्दिन तेसैले यस्ता कुनै पनि बेथिति उपर निर्मम निर्णय लिन पर्यो भने पनि म पछि पर्ने छैन।
हिजो शनिवार नेकपा एमाले भोजपुर काठमाण्डौ सम्पर्क मंचद्वारा त्रिभुवन पार्कमा आयोजित बनभोज कार्यक्रममा मन्त्री बिष्टले सो कुरा बताएका हुन् ।
श्रम तथा रोजगारको क्षेत्रमा बिगत २०/२५ बर्ष देखि एक प्रकारको जरा गाडेर बसेको विकृतिहरु सच्याउन केहि समय लाग्ने भएता पनि आफुलाई त्यति धेरै समय नलाग्ने पनि बताए । आफुले गोप्य ढंगबाट तयारी गरिरहेको हुदा अब लामो समय यस्तो बेथितिहरू रहने छैन र रहनु पनि हुदैन भन्दै मन्त्री बिष्टले प्रस्ट पारे ।
सरकारले छोटो अवधिमा विकासको कार्यमा गति लिने खाका तयार पारिसकेको हुदा अब धेरै जिम्मेवारी र जवाफदेहिताको साथ नेपाल र नेपालीको प्रतिस्पर्धालाई माथि उठाउने गरि, जीवनस्तरलाई सम्वृद बनाउने गरि सामाजिक न्याय सहितको नयाँ नेपाल निर्माण हुने कुरा बताए ।
अब रोजगारीको क्रममा विदेसीदा कुनै पनि युवाहरु ठगिन नपर्ने , अप्ठ्यारोमा पर्ने अवस्था नाउने गरि काम अगाडी बढाइसकेको र अब तेस्ता ठगहरुलाई कसरी तह लगाउनु पर्छ त्यसको बारेका आफुले सबै योजना बनाईसकेको भन्दै मन्त्री बिष्टले युवाहरुलाई निरास नहुन समेत अनुरोध गरे ।
गरिब देशकालागि रोजगारीका सम्भावना खोजि गर्न ठुलो चुनौती भए पनि ति चुनौतिहरुकै बीचबाट अगाडी बढ्दै नेपाल भित्रै रोजगारीका अवसरहरुलाई खोजि गर्ने , सम्भावनाहरुलाई पहिचान गर्ने र युवा जनशक्तिहरुलाई नेपालकै विकासमा लगाउने आफ्नो प्रमुख उदेश्य रहेको बताए ।
मन्त्री बिष्टले छातीमा हात राखेर भने “मलाई म आफै प्रति अति धेरै आत्मविश्वास छ त्यसकारण म मेरो आत्माविस्वसलाई साक्षी राखेर भन्छु अब युवाहरुले पिडा भोग्ने काम लामो समय सम्म रहने छैन” । अब कुनै बेथितिहरू रहने छैन ताकी सचिनेछ र सचिनु बाहेक, सुध्रिनु बाहेक अर्को कुनै विकल्पै छैन ।