काठमाडौं, २५ चैत/ एटम शर्मा
प्रतिस्पर्धाको माध्यमबाट सबैको ध्यान तानेर प्रदेश नम्बर एकलाई सझाउने आफ्नो प्रमुख योजना रहेको प्रदेश एकका मुख्यमन्त्री सेरधन राइले बताएका छन् ।
काठमाडौंको थानकोटमा हिजो नेकपा एमाले भोजपुर काठमाडौं सम्पर्क मंचद्वारा आयोजित बनभोज कार्यक्रमममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
प्रदेश एक हिमाल पहाड तराइ मिलेर बनेको जहा सबै जातजाति, भाषा, धर्म, भेषभुषा र सस्कृति रहेको प्रदेशको रुपमा परिचित रहेको मुख्यमन्त्री राईले जनाए । सगरमाथा संगसगै अन्य अग्ला हिमालहरु भएको, प्रसस्त नदीनालाहरु भएको, जलस्रोत र सम्पदाले भरिपुर्ण रहेक, जडिबुटी र बनजंगलले ढाकेको लालीगुराँस र चियाको राजधानी जुन धार्मिक सास्कृतिक अनि एतिहासिक थलो समेत रहेको प्रष्ट परे ।
भारत र चिनसँग मात्र हैन छिमेकी राष्ट्र भुटान र बंगलादेशसँग पनि आफ्नो सम्पर्क र समन्वय कायम गर्न सक्ने भन्दै उनले भने प्रदेश एक लगानी गर्नको निम्ति प्रसस्त आधारहरु भएको प्रदेश हो जहा निजि क्षेत्र र विदेशी लगानीकर्ताहरुको ध्यान केन्द्रित छ । किनकि प्रदेश एक कृषि, जलस्रोत, पर्यटन,स्वास्थ्य शिक्षा र सबैमा लगानी गर्न सकिने प्रसस्त सम्भावनाका आधारहरु प्रदेश एकले बोकेको भन्दै मुख्यमन्त्री राईले प्रदेश एक उत्कृष्ट प्रदेश हुनेमा आफु विश्वस्त रहेको समेत बताए ।