अागाेसँग नखेल्न बेलायतलाई रुसको सुझाब



काठमाडौं, २५ चैत

अागाेसँग खेलिरहेकाे छ बेलायत, युद्ध पनि हुनसक्छः रूससंयुक्त राष्ट्र सुरक्षा परिषदमा रूसी दूत वेसिली नेबन्जा ।

सिरियामा आठसालदेखि गृहयुद्ध जारी छ । र असद आफ्ना विरोधी विरुद्ध सफल भए भने यो संकट अझै लम्बि सक्ने जनाइएको छ । सबैलाई सिरियाली शासनमा परिवर्तन चाहिएको छ । तर रुस भने यस्तो होस् भन्ने चाहँदैन ।

बेलायतको सेल्सबरीमा पूर्व रुसी जासूस सर्गेइ स्क्रिपललाई विष दिएको घटनापछि रुस र पश्चिमी देशबीच सुरु भएको कुटनीतिक गतिरोध थामिने लक्षण देखिएको छैन ।

अहिले यो विषयले नयाँ मोड लिएको छ । न्युुयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको एक बैठकमा रुसले बेलायत आगोसँग खेलिरहेको बताएको छ ।

स्क्रिपललाई विष दिएपछि उत्पन्न भएको तनाव शान्त गर्न बैठक रुसमा बोलाइएको थियो । बेलायतले केही वैध प्रश्नहरूको उत्तर दिनुपर्ने कुरा रुसले गरेको छ । उक्त बैठकमा रुसका दूत बेसिली वेबन्जाले भनेका छन्– ‘बेलायतको मुख्य उद्देश्य भनेको रुसमाथि बिनाप्रमाण आरोप लगाएर उसलाई बदनाम र अवैध करार गर्नु हो ।’

नेबन्जाले बिना प्रमाण खतरनाक आरोप लगाएको बताएका छन् । ‘यो कुनै नाटक जस्तो लाग्छ’ उनले भनेका छन्– ‘के तपाईँसँग यति भन्न कुनै राम्रा तर झुटा कुरा छैनन् ?’

वेसिली नेबन्जाले भने अनुसार रुस कुनैपनि व्यक्तिलाई सार्वजनिक स्थानमा मार्ने कोसिस गर्न सक्दैन । कसैलाई मार्नका लागि नर्व एजेण्टको स्थानमा सयौं अन्य तरिका छन्, जो बेलायती टेलिभिजन सिरिज ‘मिडसमर मर्डर’मा देखाइएको छ ।

उता बेलायतले भने पूर्व रुस जासूस सर्गेइ स्क्रिपल र उनकी छोरी यूलियालाई जहर दिएको मामिलामा रुस जिम्मेवार रहनुपर्नेमा उल्टै आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ ।

यूलियन स्क्रिपलको इच्छाको सम्मान होस्

संयुक्त राष्ट्रमा बेलायतका दूत केरन पियर्सले बेलायतले लगाएका सबै आरोपको जाँच गर्न सकिने कुरा बताएका छन् । तर, रुसको जाँचमा भाग लिनु भनेको आगो लगाउनेको उसको कारण जाँच गरेजस्तै हो भनेका छने ।

द्वितीय विश्व युद्ध पश्चात् आफूलाई सुरक्षित राख्ने अन्तर्राष्ट्रिय संस्थालाई रुसले कमजोर ठानेको पियर्सका बताए ।

बलायतले रुसको यूलिया स्क्रिपलसँग बातचीत गर्ने अनुकुल बढाइदिएको भन्दै, यूलियाको इच्छालाई पनि सम्मान गरिनुपर्ने उसको तर्क छ ।

रुससँग पश्चिमी देशको बढ्दो तनाव

संयुृक्त राष्ट्रमा अमेरिकी दूत केली क्युरीले राजनीतिक फाइदाका लागि संयुक्त राष्ट्र सुरक्षा काउन्सिललाई प्रयोग गरेको जुन सहि नभएको बताएका छन् ।
स्क्रिपल र उनकी छोरीलाई विष दिएको घटनाको मुद्दामाथि रुसी सरकारको नजिकको सूत्र युद्धको आशंकालाई अस्वीकार गर्दैनन् । रुसका लेफ्टिनेन्ट जनरल येवगेन बुजिन्स्कीको, जो सन् २००९ मा रिटायर्ड हुनुअघिसम्म रुसका लागि देशको सेनासँग काम गर्थे । सेनाबाट अवकाश लिएपछि उनी रुसी सेन्टर अफ पोलिसी रिचर्ससँग जोडिएका हुन् ।

बसरको समर्थक

येवगेन बुजिन्स्कीले बिबिसी टुडेको रेडियो फोर कार्यक्रममा निक रोबिन्सनसँग कुराकानी गर्दै भनेका छन्– मलाई लाग्दैन कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जित या हारका बारेमा सोचिरहेका छन् । म मान्छु, रुस सिरियामा बसर अल–असद सरकारको समर्थन गर्छन् । किनकि उनी त्यहाँका वैध राष्ट्रपति हुन् । र, उनी चाहँदैनन् कि, सिरियामा त्यस्तै कुनै गडबडी होस् जस्तो कि लिबियामा भयो ।’

पश्चिमी देशले असद सत्ताच्युत बनुन् भन्ने चाहन्छन् । यदि उनी चुनावमा हारे भने उनले पद त्याग्नुपर्नेछ । तर चरमपन्थिको दबाबमा भने होइन ।

‘रुस सिरियामा परिवर्तनभन्दा पहिले गृहयुद्ध रोकियोस् भन्ने चाहन्छ’ येवगेन बुजिन्स्की भन्छन् ।

सिरियामा आठसालदेखि गृहयुद्ध जारी छ । र असद आफ्ना विरोधी विरुद्ध सफल भए भने यो संकट अझै लम्बि सक्ने जनाइएको छ । सबैलाई सिरियाली शासनमा परिवर्तन चाहिएको छ । तर रुस भने यस्तो होस् भन्ने चाहँदैन ।

प्रतिक्रिया दिनुहोस्